दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन बलियो
सारांश
- काठमाडौं, कात्तिक २६ – दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन २६ हजार ९ सय ९५ मतले अगाडि देखिएको छ ।
- स्थानीय तह चुनावको नतिजा केलाउने हो भने कुल ९ वटा स्थानीय तह रहेको दोलखामा वाम गठबन्धनमा आबद्ध दल नेकपा एमालले मात्रै ७ वटा स्थानीय तह जितेको छ ।
- दोलखाका बाँकी दुई स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ ।
काठमाडौं, कात्तिक २६ – दोलखामा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन २६ हजार ९ सय ९५ मतले अगाडि देखिएको छ । स्थानीय तह चुनावको नतिजा केलाउने हो भने कुल ९ वटा स्थानीय तह रहेको दोलखामा वाम गठबन्धनमा आबद्ध दल नेकपा एमालले मात्रै ७ वटा स्थानीय तह जितेको छ ।
दोलखाका बाँकी दुई स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको दोलखाका दुवै नगरपालिका एमालेले जितेको छ । नेपाली कांग्रेसले जितेका दुई गाउँपालिकामा पनि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ । एमालले जितेका सात तहमा तीनवटा तहमा माओवादी केन्द्र दोस्रो स्थानमा रहेको छ ।
स्थानीय चुनावको मतलाई हेर्दा दोलखामा एमालेको ३९ हजार ३ सय ३७ र माओवादीको १६ हजार ३ सय ५० गरि वाम गठबन्धनको कुल ५५ हजार ६ सय ८७ लोकतान्त्रिक गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २७ हजार ५ सय ७८ र राप्रपाको १ हजार १ सय १४ गरि २८ हजार ६ सय ९२ मत रहेको छ ।
प्रतिनिधिसभा चुनावमा दोलखाबाट वाम गठबन्धनका एमाले उम्मेदवार पार्वत गुरुङ र कांग्रेसका रुद्रबहादुर खडका चुनावी मैदानमा हुनुहुन्छ ।
प्रदेशसभा चुनावमा दोलखा ‘क’ बाट माओवादी केन्द्रका विशाल खडका र कांग्रेसका बर्मा लामा तथा ‘ख’ बाट एमालेका पशुपति चौलागाई र कांग्रेसबाट आङगेलु शेर्पा उम्मेदवार बनेका छन् ।
संविधानसभा चुनाव २०७० मा दुईवटा निर्वाचन क्षेत्र रहेको दोलखामा दुईवटै क्षेत्रमा नेकपा एमाले विजयी भएको थियो ।
प्रतिक्रिया