मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ९, २०७९
|
|
१९ पटक हेरिएको
Shares
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्नुपर्ने बाध्यता

सारांश

  • दमौली ।
  • भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ ।
  • तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ ।

दमौली । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ । तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर गुड्ने सडकको पहुँचबाट टाढै छ । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ ।

सुत्केरी वा विरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका–४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउछन् । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक÷दुई घण्टा पैदल हिँड्नुपर्छ ।

“गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी पर्दा यहाँका स्थानीयलाई सास्ती छ,” गुरुङले भने, “डोली बोकेर लैजानुको विकल्प छैन ।” वडाकै अन्य गाउँमा मोटरबाटोको पहुँच पुगेपनि यी गाउँ वर्षौदेखि मोटरबाटोको पहुँचबाट टाढा रहेको गुरुङको भनाइ छ ।

सुत्केरी हुँदा हिँडेर भरतपुर महानगरपालिकाको पाँचकिलोसम्म आउनुपर्छ । त्रिशूली नदीको पार गरेपछि मात्रै मुग्लिन–नारायणगढ खण्डको पाँचकिलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताए ।

अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउँजाउ जाने गर्दछन् । “बजारमा किनमेल गर्न जान परेपनि समस्या उहीँ हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ”, गुरुङले भने, “यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन ।”

सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पु¥याइएको थियो । उनलाई डोलीमा हालेर दुई घण्टा पैदल हिँडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । “पहिले भरतपुर लैजानुपथ्र्यो, अहिले गाउँपालिकाले आफैले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने त्यही लैजाने गरेका छाँै,” उनले भने ।

सुत्केरी भएपछि पुनः उहाँलाई त्यसरी नै बोकेर घर पु¥याइएको थियो । “घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्समा ल्यायौँ, त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः डोलीमा राखेर दुई घण्टा हिँडेर घर पु¥यायौं,” उनले भने ।

मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पु¥याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको गुरुङले बताए । “जनतालाई निकै सास्ती छ, जनताको आवाज गाउँसभासम्म पु¥याए पनि सुनुवाइ हुनसकेको छैन,” गुरुङले भने ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुलजीपतर्फबाट उक्त गाउँमा मोटर चल्ने भए पनि बाटोको समस्याका कारण सवारी साधन नियमित नचल्दा दुःख हुने गरेको बताए । “त्यस भेगका सर्वसाधारणलाई पुलजीपतर्फ आउनभन्दा मुग्लिन नारायणगढखण्डको पाँचकिलो झर्न चाँडै हुन्छ, पुलजीपतर्फको बाटो अप्ठ्यारो भएकाले नियमित गाडी नचल्दा जनतालाई सास्ती भएको छ,” उनले भने ।

घुमाउने र मुग्लिनको बीचभागमा पक्की पुल नहुँदा सर्वसाधारणलाई सास्ती भएको चुमानले बताए । “त्यस भेगका जनतालाई पाँचकिलो झरेर मुग्लिन, नारायणगढ जान पायक पर्छ”, उनले भने, “पक्की पुल नभएकाले पनि डोलीमा बोकेर आउनुपर्ने बाध्यता हो ।”

उनका अनुसार त्यसभेगका सर्वसाधारण पुलजीप हुँदै आउनुभन्दा नारायणढ मुग्लिन सडकमा झर्न चाँडै हुन्छ । “उक्त ठाउँमा सडक निर्माणका लागि डिपिआर अनुसार रू एक अर्बको हाराहारीमा बजेट चाहिन्छ, गाउँपालिकाले मात्रै निर्माण गर्न सक्दैन,” उनले भने, “प्रदेश र सङ्घ सरकारको सहयोग बिना यो सम्भव पनि छैन ।”

चुमानले आफ्नै कार्यकालमा यो सडकमा गाडी चल्ने र कालोपत्र गराउने दाबी गरे । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ऐन कार्यसूचीबाट हटाइएकोमा आपत्ति
सहकारी ऐन कार्यसूचीबाट हटाइएकोमा आपत्ति
पढ्नुहोस् दाह्री पाल्नुको अमूल्य १२ फाइदा
पढ्नुहोस् दाह्री पाल्नुको अमूल्य १२ फाइदा
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
रुकुममा ५५ प्रतिशत मत खस्यो मतदान सकिए लगत्तै मत पेटिका संकलन गरी तत्कालै गणना सुरु गरिने छ ।
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
बक्यौता रकम तिर्न प्राधिकरणको आग्रह, कसले कति बाँकी तिर्न ?
ठेकेदारको लापरबाही, तीन वर्षमा जम्मा चौध प्रतिशत मात्र कालोपत्र
ठेकेदारको लापरबाही, तीन वर्षमा जम्मा चौध प्रतिशत मात्र कालोपत्र
जनगायक जीवन शर्माले दिए राजिनामा
जनगायक जीवन शर्माले दिए राजिनामा
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
महानगरपालिकाकाे वार्षिक समीक्षा गोष्ठीमा काँग्रेसका जनप्रतिनिधिले सहभागिता जनाएनन्
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक
चलचित्र समिक्षकलाई यसरी दिए दीपकराज गिरीले दनक
देशभर १९ हजार जना डेंगुबाट संक्रमित
देशभर १९ हजार जना डेंगुबाट संक्रमित

तपाईंले छुटाउनुभयो कि?