स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२७ पटक हेरिएको
Shares
स्वाथ्य र शिक्षामा देखिएका विकृति अन्त्य गर्न दृढ छौं : नारायणकाजी श्रेष्ठ

सारांश

  • राजेन्द्र न्यौपाने गोरखा, ७ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न दृढ रहेको बताएका छन् ।
  • प्रेस सेन्टर गोरखा र प्रेस चौतारी गोरखाले आज गोरखामा गरेको संयुक्त पत्रकार सम्मेलनमा श्रेष्ठले भने “स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्यो भने तिनै मानिसहरु संविधानको उलंघन गर्यो, सरकार निजीकरणका विरुद्ध लाग्यो, अधिनायकवाद भनेको यही हो भन्छन् ।

राजेन्द्र न्यौपाने

गोरखा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) ले नेपालको स्वास्थ्य र शिक्षामा देखिएको विकृति अन्त्य गर्न दृढ रहेको बताएका छन् । प्रेस सेन्टर गोरखा र प्रेस चौतारी गोरखाले आज गोरखामा गरेको संयुक्त पत्रकार सम्मेलनमा श्रेष्ठले भने “स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्यो भने तिनै मानिसहरु संविधानको उलंघन गर्यो, सरकार निजीकरणका विरुद्ध लाग्यो, अधिनायकवाद भनेको यही हो भन्छन् । त्यसैले सरकार नवउदारीकरणको नीतिले नेपालको शिक्षा र स्वास्थ्यमा देखिने विकृतिलाई समाधान गर्न दृढ छौं ।”

राजनीतिक स्थायित्व लिएर सरकार अगाडि बढिरहेको बेला अब देशमा विकास र समृद्धि हुने भयो भनेर विकास विरोधीहरु आत्तिएको उनले बताए । अनशनरत डा. गोविन्द केसीले भनेका कुरा गर्नु हुँदैन वा उहाँले भनेका सबै कुरा पूरा गर्नुपर्छ भन्ने भन्दा पनि ऐन, नियम, संविधानले व्यवस्था गरेअनुसार हुने उनले बताए ।

डा.केसीले उठाएका मुद्दाहरुलाई बिना पूर्वाग्रह छलफल गर्ने उनको भनाइ छ । केसीलाई कसैले आफ्नो राजनीतिक अभीष्ट पूरा गर्न, पाप पखाल्न प्रयोग गरिरहेकोमा भने आफूलाई दुःख लागेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?