भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ४, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भारतीयले फेरि आक्रमण गरे सशस्त्र प्रहरीमाथि

सारांश

  • कोरोना भाइरस संक्रमणको त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि गए राति पुनः आक्रमण भएको छ।
  • झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
  • शनिबार राति ५० जना भन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेका हुन् ।

कोरोना भाइरस संक्रमणको त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि गए राति पुनः आक्रमण भएको छ। झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।

शनिबार राति ५० जना भन्दा बढीको संख्यामा आएका भारतीय नागरिकले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेका हुन् । कचनकवल १ का वडाध्यक्ष लक्ष्मी यादवले साँझ करिब ७ः३० को समयमा विहारको सुरिभिट्टातर्फबाट आक्रमण भएको बताए।

झापाको कचनकवल र झापा गाउँपालिकामा भारतीय नागरिकले खेती गर्दै आएका छन्। सीमा नाघेर नेपाल आउनुपर्ने भन्दै यस अघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय नागरिकले सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका थिए। त्यसबेला पनि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो । File Photo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?