उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
सारांश
- काठमाडौं ।
- उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् ।
- उपप्रधानमन्त्री पोखरेलले कुनै राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने पो हो कि भन्ने आशंका व्यक्त गरे ।
काठमाडौं । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको बताएका छन् । उपप्रधानमन्त्री पोखरेलले कुनै राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने पो हो कि भन्ने आशंका व्यक्त गरे ।
दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको बताए । ‘हत्यारा हामी चाँडै सार्वजनिक गछौं । तर, राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।’
निर्मलाको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै हत्यारा सार्वजनिक गर्दैगर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउन व्यंग्य गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिने बताए ।
नेपाली कांग्रेसकी नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन् । यही मंसिर २८ सम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने बताइएको छ ।
प्रतिक्रिया