आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
२९ पटक हेरिएको
Shares
आठजना फुटबल प्रशंसकलाई दुई वर्ष जेल सजाय…..

सारांश

  • काएरो (इजिप्ट), २७ जेठ ।
  • इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ ।
  • सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजको वेबसाइटमा जनाएको छ।

काएरो (इजिप्ट), २७ जेठ । इजिप्टको अदालतले आठजना फुटबल प्रशंसकलाई गैरकानुनी रुपमा विरोध कार्यक्रम गरी युवाहरुलाई दङ्गा मच्चाउन उत्तेजित गरेको अभियोगमा शनिबार दुई वर्षको जेल सजाय तोकेको छ ।

सन् २०१२ मा घोषणा गरिएको विरोध कार्यक्रममा सहभागी फुटबल प्रशंसक सुरक्षाकर्मीबीचको झडपमा ७२ जनाको दुःखद निधन भएको र इजिप्टको पहिलो दर्जाको फुटबल समूहका समर्थक दिर्घाका केही युवाका कारण सो दुःखद निधन भएको अल अहराम न्यूजको वेबसाइटमा जनाएको छ।

उनीहरुलाई यही वर्षको फेब्रुअरीमा पक्राउ गरिएको थियो । सोही दङ्गासँग जोडिएको मुद्दामा यस पहिले १० जनालाई मृत्युदण्ड दिइएको थियो भने दर्जनौँ फुटबल प्रशंसकलाई १० देखि १५ वर्षको जेल सजाय तोकिएको थियो ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?