आजको मौसमः आज दिनभर घाम लाग्ने
सारांश
- काठमाडौं, २० पुस ।
- जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम, मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा आजको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
- बिहानीपख केही स्थानमा कुहिरो लागेपनि दिउँसो अधिकांश ठाउँमा घाम लाग्नेछ ।
काठमाडौं, २० पुस । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पश्चिम, मध्य र पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि अन्य क्षेत्रमा आजको मौसम सामान्यतया सफा रहने जनाएको छ ।
बिहानीपख केही स्थानमा कुहिरो लागेपनि दिउँसो अधिकांश ठाउँमा घाम लाग्नेछ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि तीनदिनसम्म मौसममा आंशिकदेखि पूर्ण बदली रहने छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकाको आजको अधितकतम तापक्रम १८ डिग्री सेल्सियस रहेको छ भने न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस रहेको छ । सुर्याेदय विहान ६ बजेर ५५ मिनेटमा भएको थियो भने सुर्यास्त साँझ ५ बजेर २१ मिनेटमा हुनेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया