यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
यसकारण फुटाइएकाे रहेछ मन्त्रालय !

सारांश

  • काठमाडाै, १२ साउन ।
  • बिहीबार (१० साउन) को मन्त्री परिषद बैठकले कृषि, भूमि व्यवस्थ तथा सहकारी मन्त्रालय फुटायो।
  • फुटेपछि यो मन्त्रालय कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय गरी दुई मन्त्रालय बने।

काठमाडाै, १२ साउन । बिहीबार (१० साउन) को मन्त्री परिषद बैठकले कृषि, भूमि व्यवस्थ तथा सहकारी मन्त्रालय फुटायो। फुटेपछि यो मन्त्रालय कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय गरी दुई मन्त्रालय बने। विभाजन गरिएपछि बनेको कृषि तथा पशुपंक्षी मन्त्रालयमा चक्रपाणि खनाल नै यथावत छन् भने नयाँ भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालय भने खालि छ। त्यसो भए नयाँ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले कसलाई देलान्?

स्रोतका अनुसार, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याल नयाँ बनेको मन्त्रालयको सबैभन्दा शक्तिशाली दावेदार बनेकी छन्। खासमा प्रधानमन्त्री ओलीले अर्याललाई मन्त्री बनाउनकै लागि मन्त्रालय विभाजन गरेका हुन्। ३ चैत्र ०७४ मा मन्त्री मण्डल विस्तार हुँदा अर्याललाई सो मन्त्रालयको राज्यमन्त्री बनाइएपनि फूलमन्त्री भने दिइएको थिएन। शहरी विकासका अलावा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयपनि ओली आफैले राखेका थिए।

यी दुई मन्त्रालय आफैले राख्नुको कारण संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनु थियो। फोरम अहिले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या र शहरी विकास मन्त्रालय लिएर सरकारमा सामेल भइसकेको छ। यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेका छन् भने इस्तियाक राईले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। थप एक राज्यमन्त्री फोरमले पाउने आन्तरिक सहमति नेकपा र फोरमबीच छ। नेपाल खवरका अनुसार राज्यमन्त्री थप्ने वातावरण मिलाउन उपप्रधानमन्त्री समेत रहेका यादवले प्रधानमन्त्री ओलीलाई ताकेता गरिरहेका छन्। आन्तरिक सहमति अनुसार फोरमलाई एक राज्यमन्त्री दिने योजनामा ओली छन्। फोरमका कुनै सांसदलाई छिट्टै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी दिइँदैछ।

तर, यादवले नेतृत्व गरेको सो मन्त्रालयमा नेकपाकी नेतृ समेत रहेकी अर्याल राज्यमन्त्रीको रुपमा यथावत छिन्। अर्कै पार्टीका अध्यक्षले सम्हालेको मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु पर्दा अर्यालले पनि अप्ठेरो महसुस गरिरहेकी छन्। त्यसैले, फोरमसँगको आन्तरिक सहमति र अर्यालको व्यवस्थापनका लागि पनि ओली छिट्टै मन्त्रीमण्डल विस्तार गर्ने योजनामा छन्। अबको विस्तारमा शेरबहादुर तामाङले राजिनामा दिएपछि खालि रहेको न्याय, कानून तथा संसदीय व्यवस्था मन्त्रालयले पनि नयाँ मन्त्री पाउनेछ। तर, ओलीले कसलाई यो मन्त्रालयको जिम्मा दिन्छन् भन्ने टुङ्गो चाहिँ लागेको छैन। तर, फुटेपछि बनेको भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी अर्यालले पाउने पक्का रहेको नेकपाका एक शीर्ष नेताले बताए। उनका भनाईमा, अर्याललाई नयाँ मन्त्रालयको जिम्मेवारी दिनुका दुई कारण छन्।

एक, नेकपाको केन्द्रीय सदस्य भएपनि मन्त्री मण्डलमा चाहिँ उनी जुनियर भूमिकामा छिन्। एउटै मन्त्री मण्डलमा उनीभन्दा जुनियरहरु फूलमन्त्री छन्। अर्यालचाहिँ राज्यमन्त्रीको भूमिकामा छन्। त्यसैले, अर्यालप्रति न्याय गर्नपनि ओलीले नयाँ मन्त्रालय गठन गरेका हुन्। दुई, अर्यालले गत निर्वाचनमा नेपाली कांग्रेसका शीर्ष नेतालाई पराजित गरेकी हुन्। ‘कांग्रेसको उपसभापति र बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङ्जाबाट हराउनु सजिलो कुरा थिएन’ नेकपाका ती शीर्ष नेताले भने, ‘त्यसैलेपनि अर्याललाई फुलमन्त्री बनाउनु जरुरी छ र त्यसैका लागि नयाँ मन्त्रालय बनाइएको हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?