‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
२४ पटक हेरिएको
Shares
‘सामुदायिक वनका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ ’

सारांश

  • मोरङ ।
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताएका छन् ।
  • सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उनले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताए ।

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामुदायिक वन उपभोक्ताको प्रयासले प्रदेशमा वन क्षेत्र विस्तार भएको बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशनको आज शुभारम्भ गर्दै उनले वन क्षेत्र ४४ प्रतिशत विस्तार हुनुमा उपभोक्ताको योगदान उल्लेखनीय रहेको बताए ।

मुख्यमन्त्री कार्कीले वन क्षेत्र विस्तारले सकारात्मक एवं नकारात्मक दुवै असर पारेको चर्चा गर्दै मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई न्यूनीकरण गर्नुपर्ने खाँचो औँल्याए ।
उहाँले सामुदायिक वनको माध्मबाट मुलुकमा रोजगारी सिर्जना, राजस्व वृद्धि, उत्पादकत्व वृद्धि, पर्यटन क्षेत्रमा योगदान, वन पैदावरको विकास भएको बताए ।

साझा सभ्यताको स्रोत एवं सबै समुदालाई जोड्ने भएकाले प्रदेशको नाम रुपमा ‘कोशी’ राखिएको जानकारी दिँदै उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने ९२ प्रतिशतको मतदान, सर्वदलीय सहमति एवं संवैधानिक कानुनका आधारमा नाम नामाकरण गरिएको प्रष्ट पारे ।

समारोहमा प्रदेशका वन तथा वातावरण मन्त्रालयका सचिव सञ्जीव राई, सामुदायिक वनका केन्द्रीय अध्यक्ष भारती पाठक, प्रदेश अध्यक्ष तुलसी सङ्गौला, उपाध्यक्ष गोपालमान थापा लगायतले सामुदायिक वनले गरिबी निवारण, सुशासन एवं समावेशी कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको धारणा राखे ।

अधिवेशनमा १४ जिल्लाका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ भने नयाँ नेतृत्व चयन गरिने सोही अवसरमा जानकारी दिइयो । प्रदेशमा तीन हजार सात सय ७५ सामुदायिक वन रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?