ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ताप्लेजुङमा असईसहित ६ जना प्रहरी निलम्बन

सारांश

  • ताप्लेजुङ– सुरक्षा संवेदनशिलतामा हेलचेक्र्याई गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक कनिष्ठ प्रहरी अधिकृत (असइ)सहित ६ जनालाइ निलम्बन गरेको छ ।
  • निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक गंगादेबी खत्रीसहित छन् ।
  • जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार निलम्वमा पर्नेमा १, असइ १ हवल्दार र ४ जना जवान छन् ।

ताप्लेजुङ– सुरक्षा संवेदनशिलतामा हेलचेक्र्याई गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक कनिष्ठ प्रहरी अधिकृत (असइ)सहित ६ जनालाइ निलम्बन गरेको छ । निलम्बन हुनेमा प्रहरी सहायक निरीक्षक गंगादेबी खत्रीसहित छन् ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार निलम्वमा पर्नेमा १, असइ १ हवल्दार र ४ जना जवान छन् । मंसिर ९ गते ताप्लेजुङको भानु मावि मतदान स्थलमा भएको बिष्फोट पछि मतदान स्थलको सुरक्षार्थ खटिएका प्रहरी जनशक्तिलाई एकसाथ निलम्बन गरिएको छ ।

मतदानको अघिल्लो दिन मतदान स्थल निमार्ण भइरहेको समयमा मतदान स्थलको अघिल्लो भागमा बिष्फोट भएको थियो । ९ गते भएको बिष्फोटको अघिल्लो दिन नै बिष्फोटक पर्दाथ त्यहाँ राखिएको तर त्यहाँको मतदान स्थल सुरक्षार्थ खटिएको टोलीलाई त्यो बिषय थाहा नभएको भन्दै प्रहरीले यसलाई सुरक्षा संवेदनशिलता माथिको हेलचेक्र्याईको रुपमा लिएको स्रोतको दाबी छ ।

मतदान स्थलको सुरक्षामा संवेदनशिलता नदेखाएकै कारण बिष्फोटनका लागि सक्रिय समूहले बिष्फोटक पर्दाथ राख्न पाएको ठहरग गर्दै मतदान स्थलको सुरक्षामा खटिएको प्रहरी जनशक्तिलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यलय स्रोतको भनाइ छ ।

निमार्णको अन्तिम चरणमा पुगेको मतदान स्थलको अग्रभागमा बिष्फोट भएपछि जिल्ला निर्वाचन व्यवस्थापन समितिले भानु माविको भित्रि मैदान छोडेर मुख्य खेल मैदानमा मतदान केन्द्र बनाएर निर्वाचन गराएको थियो । मानवीय क्षति नभएपनि यो बिष्फोटनले त्रासको वातावरण भने बढाएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    चाहिन्दैन मलाई कसैको माया

    why????

    Comment Author

    Hari P

    ठिक भो देश र जनता को सुरक्षा दिन नसक्ने ले किन बस्ने त्यो ठाउमा ok

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?