काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
काँग्रेस जिम्मेवार प्रतिपक्ष : नेता सिंह

सारांश

  • चितवन, ५ फागुन ।
  • नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन् ।
  •   आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

चितवन, ५ फागुन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताएका छन् ।  आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

नेता सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाए ।

वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै उनले “नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्दछ,” भने ।

नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गरे ।

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उनले काँग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताए ।

नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिए ।

वाम गठबन्धनले सहमतिअनुसार सरकारलाई पूर्णता दिन सकेको छैन, उनले भने, “उहाँहरुले राम्रो गछौृं भनेका छन्, तर सरकार गठन गर्न नै गाह्रो भएको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?