सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १४, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सभामुख महरा, राप्ती समाज कोरिया र कतारबाट दिलबहादुरलाई साढे ३ लाख

सारांश

  • काठमाडौं, १४ साउन ।
  • साउदी अरबमा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षार्थ सहयोग रकम धमाधम प्राप्त हुने क्रम जारी रहेको छ ।
  • यसैक्रममा सोमवार सभामुख कृष्णबहादुर महराले ५० हजार, राप्ती समाज कोरियाले पठाएको २ लाख ६२ हजार ८ सय ५६ र अभिमत पुन मगरले कतार एयरलाइन्सबाट पठाएको ३५ हजार ६७ रुपैयाँ गरी ३ लाख ४७ हजार ९ सय २३ रुपैयाँ दिलबहादुर घर्तीका श्रीमती मनिका बुढामगरलाई सभामुख निवासमै हस्तान्तरण गरिएको छ ।

काठमाडौं, १४ साउन । साउदी अरबमा जेलजीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीमगरको जीवन रक्षार्थ सहयोग रकम धमाधम प्राप्त हुने क्रम जारी रहेको छ । यसैक्रममा सोमवार सभामुख कृष्णबहादुर महराले ५० हजार, राप्ती समाज कोरियाले पठाएको २ लाख ६२ हजार ८ सय ५६ र अभिमत पुन मगरले कतार एयरलाइन्सबाट पठाएको ३५ हजार ६७ रुपैयाँ गरी ३ लाख ४७ हजार ९ सय २३ रुपैयाँ दिलबहादुर घर्तीका श्रीमती मनिका बुढामगरलाई सभामुख निवासमै हस्तान्तरण गरिएको छ ।

संघीय संसद्का सभामुख कृष्णबहादुर महराले दिएको ५० हजार रुपैयाँ धर्मपत्नी सीता महराले मनिका बुढामगरलाई हस्तान्तरण गरेकी थिइन् । त्यस्तै, राप्ती समाज दक्षिण कोरियाले संकलन गरेको २ लाख ६२ हजार ८ सय ५६ रुपैयाँ समाजका सल्लाहकार लालबहादुर महरा र पूर्व वरिष्ठ उपाध्यक्ष निमेषकुमार वलीले मनिका बुढालाई हस्तान्तरण गरेका थिए । त्यस्तै, कतार एयरलाइन्समा कार्यरत नेपालीहरुबाट अभिमत पुनमगरको सक्रियतामा संकलित ३५ हजार ६७ रुपैयाँ दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सचिव जीवन रोकामगरले हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै राप्ती समाज दक्षिण कोरियाका सल्लाहकार लालबहादुर महराले रकम हस्तान्तरण गर्दै खबर सुन्नुबित्तिकै सहयोग संकलन अभियान सञ्चालन गरेको र दिलबहादुर घर्तीको जीवनरक्षा भएर भेट्न पाउने आशा व्यक्त गरे । उनले दक्षिण कोरियामा रहेका सहृदयी नेपालीहरुको सहयोगबाट यो रकम जम्मा भएको र एउटा राम्रो काममा हात बढाउन पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यस अवसरमा दिलबहादुर घर्तीकी श्रीमती मनिका बुढामगर र दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सचिव जीवन रोकामगरले सहयोग गर्ने सबैप्रति नमन र आभार व्यक्त गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मध्यान्ह मन्त्रिपरिषद बैठक बस्दै, महत्वपुर्ण निर्णय हुन सक्ने
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
अन्नबाली छाडेर कागतीखेती शुरु
अन्नबाली छाडेर कागतीखेती शुरु
बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्
बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
२४ घण्टा भित्र काठमाडौँका सबै एटिएमको पैसा झिक्ने योजनामा थिए चिनियाँ ह्याकर
बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै
बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै
नेपालसँग रेल जोड्न चीन आतुर, कहिले आउला ?
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
काठमाडौँमा रोबोटले खाना टक्राउने रेष्टुरेन्ट
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत
कृषि, पर्यटन र ऊर्जा क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डः मन्त्री बस्नेत

तपाईंले छुटाउनुभयो कि?