सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १२, २०७६
|
|
३१ पटक हेरिएको
Shares
सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने

सारांश

  • मुम्बइ।
  • सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने भएको छ।
  • एक पागल प्रेमीको रुपमा सलमानको मुख्य भूमिका रहेको यस फिल्मले हरेक प्रेम जोडीलाई मोहित पारेको थियो।

मुम्बइ। सलमान खानको सुपरहिट फिल्म ‘तेरे नाम’को सिक्वेल बन्ने भएको छ। एक पागल प्रेमीको रुपमा सलमानको मुख्य भूमिका रहेको यस फिल्मले हरेक प्रेम जोडीलाई मोहित पारेको थियो। २००३ सालमा बनेको यस फिल्ममा सलमानको ‘हेयर स्टाइल’को पनि निकै चर्चा भएको थियो।

उनका फ्यानले सो ‘हेयर स्टाइल’लाई निकै फलो गरेका थिए। धेरैबाट फिल्म अधुरो रहेको गुनासो आइरहेका बेला डाइरेक्टर सतीश कौशिकले सिक्वेलको घोषणा गरेका हुन्। फिल्ममा सलमान खेल्ने या नखेल्ने भन्नेबारे भने निश्चित भएको छैन। सतीश र सलमानले निकट भविष्यमा रिलिज हुने फिल्म ‘भारत’मा सँगै काम गरेका थिए। शतीसले भारतीय मिडियासँग कुरा गर्दै भनेका छन्, ‘हो म फिल्मको दोस्रो पार्ट बनाउन गइरहेको छु। यो प्रेम कथामा आधारित हुनेछ। योभन्दा धेरै अहिल्यै केही भन्न सक्दिनँ।’ फिल्म २०१९ को अन्त्यसम्म तयार पार्ने तयारी रहेको समेत समाचार छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?