बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
२५ पटक हेरिएको
Shares
बोनी कपुरसँग भाइरल भएको भिडियोबारे उर्वशी रौतेलाले मुख खोलिन्

सारांश

  • मुम्बइ।
  • बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ जुन हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् ।
  • यो भिडियो एक विवाह कार्यक्रमको हो ।
मुम्बइ। बलिउड नायिका उर्वशी रौतेला र निर्माता बोनी कपुरको एउटा भिडियो सार्वजनिक भएको छ जुन हेरेपछि भारतीय मिडियाले बोनी कपुर उर्वशीसँग नजिकिन चाहेको आरोप लगाएका छन् । यो भिडियो एक विवाह कार्यक्रमको हो । 
भिडियोमा देखिए अनुसार उर्वशी र बोनी कपुर सँगै क्यामरामा पोज दिइरहेको छ र यसैबीच बोनीले उर्वशीको नितम्बमा बिस्तारै हिर्काएको देखिएका छन् । यो भिडियो यसैका कारण चर्चित भयो । 
यो भिडियोमा सोसल मिडियामा निकै कमेन्ट आइरहेको छन् र उर्वशी रौतेलाले यसबारे मुख खोलेकी छिन् । उनले एक समाचार च्यानलद्वारा देखाइएको त्यो रिपोर्टको स्क्रिनसट आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गर्दै लेखिन्, ‘यो सम्भवतः देशको शीर्ष पत्रिका हो र तपाईं यसलाई समाचार भन्नुहुन्छ ?  तपाईंलाई यदि महिलालाई सम्मान गर्न आउँदैन भने महिला स्वतन्त्रता, महिला शक्तिबारे कुरा गर्दै नगर्नुहोस् ।’
Capture.JPG

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?