सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सदनमा कसरी प्रस्तुत हुने रणनीति बनाउँदै काँग्रेस

सारांश

  • काठमाडौँ, १७ साउन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ ।
  • काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए ।

काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि नपाएको भन्दै प्रतिनिधिसभा बैठक बहिष्कार गरेको थियो । काँग्रेसले बैठक बहिष्कार गरेपछि पनि सभामुखले बैठकलाई निरन्तरता दिनुभएको सम्बन्धमा पार्टीले थप गम्भीररूपमा लिएको जनाएको छ ।

संसदीय दलको बैठकमा संविधानका मौलिक हक कार्यान्वयनका लागि बनाउनुपर्ने ऐनका सम्बन्धमा पनि छलफल हुने उनले जानकारी दिए । प्रमुख सचेतक खाँणले भने, “सरकारले छिटोभन्दा छिटो मौलिक हकसम्बन्धी विधेयक सदनमा प्रस्तुत गरोस् भन्ने हामी चाहन्छाैँ जनतालाई मौलिक अधिकार दिलाउन उक्त विधेयक संसदबाट शीघ्र पारित गर्नुपर्छ भन्नेमा काँग्रेसको ध्यान गएको छ ।” बैठकमा संसदीय समिति गठनका सम्बन्धमा समेत छलफल हुने बताइएको छ । प्रतिनिधिसभाका १० विभिन्न विषयगत समितिमा रहने सांसदको नाम संसद्को बिहीबारको बैठकले अनुमोदन गरेको थियो । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prakash Koirala

    नापिस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
सत्तारुढ नेकपाकै केन्द्रीय सदस्य प्रहरी मोस्ट वान्टेडमा, समाउला त प्रहरीले ?
त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित
त्रियुगा नगरपालिकाको बजेट तथा नीति कार्यक्रम ९ दिनमा पारित
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास
राप्रपा (प्रजातान्त्रिक)मा संख्या नपुगेकै हो ? के भन्छन् नेताहरू ?
राप्रपा (प्रजातान्त्रिक)मा संख्या नपुगेकै हो ? के भन्छन् नेताहरू ?
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
नरैनापुर गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा देशकै उत्कृष्ट
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
नेकपाको तीनमहिने अभियान शुरु
नेकपाको तीनमहिने अभियान शुरु
बुटवलको सस्तो मेलाको तयारी पूरा
बुटवलको सस्तो मेलाको तयारी पूरा
काग्रेस कार्यकर्ताद्धारा महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार
काग्रेस कार्यकर्ताद्धारा महानगरका प्रमुख शाक्य माथि दुव्र्यवहार

तपाईंले छुटाउनुभयो कि?