नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १४, २०८१
|
|
५२ पटक हेरिएको
Shares
नेपाल बारका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

सारांश

  • काठमाडौं।
  • नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।
  • सर्वोच्च अदालत प्रशासनले सोमबार घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो।

काठमाडौं। नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले सोमबार घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गराएको हो। गत २०८० असोज १ गते संशोधन भएको न्याय परिषद् नियमावलीको विरोधमा बारले आन्दोलन गर्दै आएको छ। संशोधित नियमावली गैर संवैधानिक रहेको बारको जिकिर छ । बारले विगत १ वर्षदेखि उक्त संशोधित नियमावली खारेजीको माग गर्दै आएको थियो।

उक्त नियमावली खारेज नगरी न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि नबढाउन बारले दवाब दिइरहेको थियो। बारको आन्दोलनलाई बेवास्ता गर्दै सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न बैठक बसेपछि कानुन व्यवसायीहरुले न्याय परिषद् घेराउ गरे। न्याय परिषद् घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद् र न्यायलय भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाए।

‘भ्रष्टाचारको दल–दलमा न्यायलय फसेको छ । भ्रष्टाचारको दलदलमा न्याय परिषद् फसेको छ। यसरी भ्रष्टाचारको दलदलमा फसेर जबरजस्ती न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया न्याय परिषद्ले अपनाएको छ । हामी उहाँहरुलाई चुनौति दिन चाहन्छौं– सक्नुहुन्छ हामीलाई जेलमा कोच्नुहोस्। होईन भने हामी भ्रष्टाचार गर्न दिँदैनौं । पवित्र न्यायलयमा बसेर भ्रष्टाचार गरेर न्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । हामी यो विषयको खण्डण गर्न चाहन्छौं,’ उनले भनेका थिए ।

उनको सोही अभिव्यक्तिलाई लिएर सर्वोच्च प्रशासनले अध्यक्ष घिमिरेलाई अदालतको अवहेलना मुद्दा दर्ता गरेको हो । बारका अध्यक्ष घिमिरेले भने आफू उक्त मुद्दा फेश गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी
अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
‘जनप्रतिनिधिले आफ्नो व्यवहार र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने’
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
ओमानबाट नेपाली चेलीकाे चित्कार : मलाई जसरी पनि दलदलबाट निकाल्नुहोस्
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
विद्यार्थी आन्दोलनपछि सडक यातायात कानून बन्यो !
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
गभर्नर अधिकारीको पक्षमा अन्तरिम आदेश
गभर्नर अधिकारीको पक्षमा अन्तरिम आदेश
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ
सुत्न हिँडेका ३ जनालाई चक्कु हानेर भाग्ने पक्राउ