घेराबन्दीमा माधव नेपाल, कति सहन सक्लान?

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १२, २०७९
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन्।
  • पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उनी परेका हुन्।

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा परेका छन्।

पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उनी परेका हुन्। नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा १० सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष दाहालले तत्कालै मन्त्रिपरिषद् हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चर्को दबाबमा परेको नेताहरूले बताएका छन्।

पोलिटब्युरोको शुक्रबार सम्पन्न बैठकमा अध्यक्ष नेपालले आफ्नै साथीहरू, पार्टीबाहिरका केही साथी तथा सत्ता गठबन्धनकै सहयात्री दलहरूको असहयोगका कारण मन्त्री हेरफेर हुन नसकेको बताएका थिए। ‘विद्रोहबाट आएका कारण सबै साथीको मर्ममा ठेस पुग्नुहुन्न भन्ने पार्टीको चाहना छ तर सरकारमा रहेका केही साथीले आन्तरिक र बाह्य शक्तिलाई बढी नै दुरुपयोग गर्नुभयो। यो राम्रो कुरा भएन,’ अध्यक्ष नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता गर्न नसक्दा अध्यक्ष नेपाल नैतिक संकटमा परेका छन्। ओली सरकारलाई हटाउनदेखि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दै पाँच दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका अध्यक्ष नेपाल आफ्नै पार्टीले सरकारमा पठाएका मन्त्री र गठबन्धनको सहयात्री दल माओवादी केन्द्रका कारण नैतिक संकटमा परेका हुन्।

नेकपा एसका मन्त्रीहरूलाई फिर्ता बोलाउँदा माओवादीले आफ्ना मन्त्रीलाई पनि फिर्ता बोलाउन दबाब झेल्नुपर्ने आकलन गरेपछि एकप्रकारको अवरोध सिर्जना गरेको नेकपा एसका नेताहरूको बुझाइ छ। सोही कारणले नेकपा एसको निर्णय कार्यान्वयन अवरुद्ध बन्न पुगेको विश्लेषण गरिएको छ।

‘हाम्रो पार्टीको निर्णयमा माओवादी अध्यक्ष दाहालको अवरोध देखियो, यसले गर्दा हामीले गठबन्धनमा सहभागी भइरहनुपर्छ भन्ने बाध्यता छैन,’ नेकपा एसका सांसद एवं प्रस्तावित मन्त्री मेटमणि चौधरीले भने। उनका अनुसार पार्टीभित्र पनि केही नेताले पार्टीको निर्णय कार्यान्वयनमा अवरोध र असहयोग गरेका छन्।

पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले आफ्ना बाध्यताहरूबारे सविस्तार व्याख्या गरेका थिए। त्यसक्रममा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आलेले चाँडै नै मन्त्रीबाट बिदा हुने प्रतिबद्धता जनाएका थिए। मन्त्री किसान श्रेष्ठले पनि पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्नेमा प्रतिबद्ध रहेको बताएका थिए।

बिहीबार साँझ १० जना सांसदको हस्ताक्षरसहित संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपाललाई पत्र लेखेका मन्त्रीहरू पोलिटब्युरो बैठकमा भने केही नरम बनेका थिए।

पार्टीको निर्णय कार्यान्वयन नहुँदा पछिल्लो समय अध्यक्ष नेपालले नेतृत्व गरेको नेकपा एसभित्र अनुशासनको दायरा उल्लंघन भएको चर्चा चलेको छ। पार्टीका मन्त्री हेरफेरको निर्णयले पार्टीमा मात्रै नभएर सत्ता गठबन्धन नै हल्लिने सम्भावना भएका कारण नेकपा एसका मन्त्रीहरूलाई हटाउन प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले आलटाल गरेर अध्यक्ष नेपालको निर्णयलाई ‘पेन्डुलम’ बनाउन खोजेको विषय पोलिटब्युरो बैठकमा उठेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
कर्णाली सरकारको श्रम दिनः सरसफाइसँगै फलफूल वितरण
अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने
अयोध्यामा हेमा मालिनीले रामायणमा आधारित नृत्य प्रस्तुत गर्ने
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
रवि लामिछाने सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी
सामुदायिक विद्यालयमा सूचना प्रविधिको प्रयोग
उचित संरक्षण र प्रचारप्रसार को अभाबमा रहेको उदयपुरको दोभान झरना
उचित संरक्षण र प्रचारप्रसार को अभाबमा रहेको उदयपुरको दोभान झरना
सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
सलमान खानले फिल्म सुटिङको बेला मारेका थिए हरिण, ५ वर्ष जेल सजाय
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
नेकपाको आज बस्ने सचिवालय वैठकले के निर्णय गर्ला !
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?
को को बने माओवादी केन्द्रमा पाँचवटा प्रदेशका नयाँ इञ्चार्ज ?