अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने

सारांश

  • काठमाडौं, १८ साउन ।
  •   प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको अनुमोदन सम्बन्धी निर्णय सिंहदरबारमा भइरहँदा सर्वोच्च अदालतमा कौतुहलता बढिरहेको थियो।
  • सबै न्यायाधीशहरु जोशीकै कार्यकक्षमा चियाको साथमा प्रतीक्षारत थिए।

काठमाडौं, १८ साउन ।  प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीको अनुमोदन सम्बन्धी निर्णय सिंहदरबारमा भइरहँदा सर्वोच्च अदालतमा कौतुहलता बढिरहेको थियो। सबै न्यायाधीशहरु जोशीकै कार्यकक्षमा चियाको साथमा प्रतीक्षारत थिए। समितिको सुनुवाइ समय समाप्त भएपछि पनि न्यायाधीशहरु जोशीको कार्यकक्षमा निर्णय कुरिरहेका थिए। भोटिङ प्रक्रियाबाट निर्णय हुने भएपछि नेपाली कांग्रेसले सुनुवाइ समितिको बैठक नै बहिस्कार गर्‍यो। जोशीले त्यतिबेलासम्म आफू अस्वीकृत हुने पूर्वाभाष पाइसकेका थिए। तैपनि उनले अन्तिम निर्णय सुन्न चाहे।

कांग्रेस सांसदहरु बैठकबाट बाहिरएको केही समयमै समितिको निर्णय आयो। उनी अस्वीकृत भए।समितिमा भोटिङ हुँदा जोशीको पक्षमा शुन्य र विपक्षमा १० मत पर्‍यो। जोशीको विपक्षमा मत जाहेर गरेका नेकपा र संघीय समाजवादीका सांसदहरुले चारवटा आधार उल्लेख गरे। आफू अनुमोदित नभएको औपचारिक जानकारी जोशीले पाएकै थिएनन्। एकदुई दिन अझै पाउने छैनन्। तर, अनौपचारिक स्रोतबाट प्राप्त निर्णयलाई मुख्य रजिष्ट्रार राजन भट्टराईले न्यायाधीशहरुकै सामु निर्णय पढेर सुनाए।

निर्णय सुन्नुअघि देखि नै जोशी मौन बसिरहेका थिए। उनको अनुहार मलिन थियो।शान्त भएर निर्णय सुनिरहनुभयो’ उनीसँगै रहेका एकजना न्यायाधीशले भने, केही बोल्नुभएन।’ जोशी नबोलेपछि अन्य न्यायाधीशहरुले सहानुभूतिको स्वरमा भने– यस्तै भो श्रीमान्। त्यसपछि न्यायाधीशहरु उठेर आआफ्नो घरतर्फ लागे। जोशीले अन्य सहकर्मीको धारणा बुझ्न रुपमा आफ्नो कार्यकक्षमा न्यायाधीशहरुलाई बोलाएका थिए। तर, कसैले पनि केही ढाडस नदिएपछि उनी निरास देखिएका थिए।

विवादमा आएदेखि नै जोशी सर्वोच्चमा एक्लोप्राय भएका थिए। झन्, विवाद आए लगत्तै बसेको फुलकोर्ट’ को बैठकमा उनलाई व्यक्तिगत विवादमा अदालतलाई नतान्न आग्रह गरियो। गोपाल पराजुली विवादमा आउँदा पनि सर्वोच्चका बहुमत न्यायाधीशहरुले राजिनामा दिन सुझाब दिएका थिए। तर पराजुलीले अस्वीकार गर्दै गुट खडा गरेपछि केही न्यायाधीश इजलाश बहिस्कारसम्ममा पुगेका थिए। तर जोशीलाई साथ दिने कोही भएनन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Nraj Nawaraj

    Byby

    Comment Author

    Narayan Prasad Acharya

    नेपालको संसदीय इतिहाँसमै पहिलो सकारात्मक कदम । संसदीय सुनुवाई समितिले न्यायालयभित्र कुनै कालखण्डमा रोपिएका सिउडीकाँडा पञ्छाएर अघि वढ्ने साहस देखायो । आगामी दिनहरुमा, न्यायपालिकाको गरिमा वढाउने सामर्थ्य भएका व्यक्तिमात्र स्वीकार्य हुने संकेत । वधाई छ संसदीय सुनुवाई समितिका सवै सांसदहरुलाई ।

    Comment Author

    Bel Bahadur Thapa

    चलेकै चुल्हो ताप्ने चलन छ । सहानुभूति प्रकट गर्न पैसा लाग्दैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?