जापानमा १०० जना मृत्युदण्ड पर्खदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १९, २०७६
|
|
३२ पटक हेरिएको
Shares
जापानमा १०० जना मृत्युदण्ड पर्खदै

सारांश

  • जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ ।
  • यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।
  • जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् ।

जापानले हत्या आरोपमा दोषी ठहर भएका दुई व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको कानुन मन्त्रालयले जनाएको छ । यस वर्ष पहिलो पटक मृत्युदण्डको सजाय दिइएको जापानमा गत वर्ष सन् २०१८ मा विभिन्न किसिमका गम्भीर अपराधमा दोषी ठहर भएका १५ जनालाई मृत्युदण्ड दिइएको थियो ।

जापानमा अझै पनि १०० जना मृत्युदण्डको पखाईमा रहेका छन् । विश्वका मानव अधिकारवादी व्यक्ति एवं संस्थाहरु समेतका अन्तराष्ट्रिय जगतबाट जापानको उक्त कदमको विरोध भएपनि जापानभित्रै मृत्युदण्डको सजायप्रति समर्थन जनाउनेको संख्या ठूलो रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

जापानका कानुनमन्त्री टाकासी यामाशिताले निकै सोचविचार र अध्ययनपश्चात् मृत्युदण्ड दिने विषयमा आफूले आदेश दिएको सञ्चार माध्ययमलाई जानकारी गराएका छन । मृत्युदण्ड दिइएकाहरुमा ६४ वर्षीय कोइची शोजी र ५० वर्षीय यासुनोरी सुजुकी रहेका छन् । शोजीमाथि सन् २००१ मा दुई महिलाको हत्या गरेको तथा सुजुकीमाथि

सन् २००४ मा तीन महिलाको हत्यामा दोषी प्रमाणित भएको थियो । जापानमा सन् १९९८ देखि मृत्युदण्डको सजायलाई गोप्य नराखी सार्वजनिक जानकारीमै ल्याएर मृत्युदण्ड दिन थालिएको थियो । सन् २०१८ मा पनि १५ जनालाई मृत्युदण्ड दिइएको थियो जसमा सन् १९९५ मा टोकियोमा सरिन ग्यास आक्रमणका दोषी १३ जना पनि रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
सुन्दरता बन्यो महिलाको शत्रु, न कोही बोल्छन् न कसैले मित्रता गर्छन्
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
चर्चामा रहने क्षेत्र काठमाडौं ४ बाट उपराष्टपतिका छोरा दिपेश पुन गगन थापासंग भिड्दै,
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
दाङमा भेटिए डेंगुका पाँचजना बिरामी
घुरेर देखिने सपना होइन, देश बनाउने हो : प्रधानमन्त्री ओली
घुरेर देखिने सपना होइन, देश बनाउने हो : प्रधानमन्त्री ओली
भारतमा एकैदिन ४० हजार भन्दा बढी संक्रमित
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
भन्सार कर्मचारीको मिलेमतोमा ‘जुस’को नाममा ‘मदिरा’ भित्रियो
राेल्पामा ४३ थान सकेट फेला ।
राेल्पामा ४३ थान सकेट फेला ।
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा

तपाईंले छुटाउनुभयो कि?