आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने

सारांश

  • रोहिंग्या शरणार्थीहरु काम खोज्दै काभ्रेदेखि गोरखासम्म सरकारले माग्यो फेसबुकसँग विवरण काठमाडौं ९ जेठ- राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सुन काण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
  • गोरे कहाँबाट, कसरी पक्राउ परे भन्ने विवरण पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन् ।
  • त्यसैगरी अन्य विषयमा भारत सरकारले विराटनगरको राजदूतावास क्याम्प बन्द गरेको आजका सबैजसो पत्रपत्रिकाहरुले छापेका छन् ।

रोहिंग्या शरणार्थीहरु काम खोज्दै काभ्रेदेखि गोरखासम्म

सरकारले माग्यो फेसबुकसँग विवरण

काठमाडौं ९ जेठ- राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले सुन काण्डका मुख्य अभियुक्त मानिएका चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
गोरे कहाँबाट, कसरी पक्राउ परे भन्ने विवरण पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा प्रस्तुत गरेका छन् ।
त्यसैगरी अन्य विषयमा भारत सरकारले विराटनगरको राजदूतावास क्याम्प बन्द गरेको आजका सबैजसो पत्रपत्रिकाहरुले छापेका छन् ।

त्यससँगसँगै नागरिक दैनिकले नेकपाको केन्द्रीय समितिमा महिलाको उपस्थिति न्यून भएको भन्दै समावेशी सिद्धान्त विपरित शीर्षकमा समाचार छापेको छ ।
प्रदेश २ सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा नेकपा

नेकपाले प्रदेश २ मा मुख्यमन्त्री लालबाब राउत नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

समाचार अनुसार एमाले र माओवादी केन्द्रबीच एकीकरण भई गठित नेकपा समर्थन फिर्ता लिने तयारीमा लागेको छ ।

अन्नपूर्ण पोस्टका अनुसार प्रदेश २ का सभामुख सरोज यादवले प्रमुख प्रतिपक्षी दलको मान्यता कांग्रेसलाई दिएपछि रुष्ट बनेको तत्कालीन एमाले नेकपा गठनपश्चात फिर्ता लिन लागेको हो ।

समावेशी सिद्धान्त विपरित  नागरिक दैनिकमा छापिएको समाचार अनुसार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिँँदा समावेशी र समानुपातिक सिद्धान्त उल्लंघन भएको छ। पार्टीले मंगलबार अपराह्न सार्वजनिक गरेको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा कानुनअनुसार महिलाको प्रतिनिधित्व भएको छैन।

पार्टी केन्द्रीय सदस्य तथा सांसद विन्दा पाण्डेले दल दर्तासम्बन्धी ऐनको दफा १५ ९४० ले दलको सबै तहका समितिमा एकतिहाइ महिला हुने व्यवस्था गर्नुपर्नेछ भन्ने प्रावधानसँग बाझिने गरी केन्द्रीय समिति गठन गर्न नमिल्ने बताइन्।

सरकारले माग्यो फेसबुकसँग विवरण नेपालका सरकारी निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण मागेको फेसबुकले सार्वजनिक गरेको छ ।

कान्तिपुर दैनिकका अनुसार यसैसाता उसले सार्वजनिक गरेको ट्रान्सपरेन्सी प्रतिवेदनमा नेपालबाट पटकपटक गरी १ सय १० फेसबुक एकाउन्टको विवरण मागेको जनाएको छ ।

काम खोज्दै रोहिंग्या काभ्रेदेखि गोरखासम्म म्यान्मारको रखायन प्रान्तबाट विस्थापित भई नेपाल आएका रोहिंग्या शरणार्थीहरु काम खोज्दै काभ्रेदेखि गोरखासम्म पुगेको पाइएको छ ।

रोहिंग्या समुदायका अगुवाले नै राजधानी काठमाडौंलगायत काभ्रे र गोरखासम्म पुगेर आफूहरुले काम गरेको स्वीकारेको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Thapachhabiraj Thapa

    Rout lai counter dinai parx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?