जस्तो कर्म उस्तै सजाय

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
जस्तो कर्म उस्तै सजाय

सारांश

  • उहिले भारतमा ठिचेन नामक एक तान्त्रिक राजा थिए, ती राजा प्राणीको तातो मासु खान र रगत पिउनु रमाउँथे ।
  • त्यसको लागी उनले हजारौ प्राणीहरूको हत्या गरेका थिए ।
  • पछि उनी मरे पश्चात त्यस्ता पाप गरेका कारण १८ किसिमका नरक मध्ये वज्र नरकमा जन्मेका थिए, त्यस नरकको दुःखको वारेमा भन्ने हो भने, दिनमै त्यो प्राणी १०० पटक मरेर १०० पटक जिवित हुन्थ्यो ।

उहिले भारतमा ठिचेन नामक एक तान्त्रिक राजा थिए, ती राजा प्राणीको तातो मासु खान र रगत पिउनु रमाउँथे । त्यसको लागी उनले हजारौ प्राणीहरूको हत्या गरेका थिए । पछि उनी मरे पश्चात त्यस्ता पाप गरेका कारण १८ किसिमका नरक मध्ये वज्र नरकमा जन्मेका थिए, त्यस नरकको दुःखको वारेमा भन्ने हो भने, दिनमै त्यो प्राणी १०० पटक मरेर १०० पटक जिवित हुन्थ्यो । मृत राजाले क्षणिक जन्म र मृत्यु हुने स्थानमा फसी असिम दुःख पीडा भोगि रहेका थिए ।

आयूष्मान भिक्षु आनन्दले ती पापी राजाले भोगेका दुःख पीडालाई देखेर भगवान बुद्धलाई त्यस फलको विषयमा सोध्नु भएको थियो । उत्तरमा भगवान बुद्धले भन्नु भयो ‘यस्ता असहय दुःख पीडाहरू भोग्नु पर्ने उनले पुर्व जन्ममा तातो रगत र मासुमा अति आसक्त भई धेरै प्राणीहरू मारेको दुष्ट कर्मको फल परिपाक भएको हो ।’

त्यस पछि आनन्दले भगवानलाइ सोधे, के यो प्राणी यस दुःख बाट मुक्त हुने केही उपाय छ त ? यम बुध्दवाट आज्ञा भयो यदि त्यो प्राणीलाई दुर्गतीबाट मुक्ति दिलाउनु चाहनु हुन्छ भने मनुष्य लोकमा प्राणीको जीवन दान गरेमा मुक्त हुनेछ । तत्तपश्चात भिक्षु आनन्दले नरकको दुःख पिडाले ग्रसित त्यस प्राणीको निम्ति जीवन दान गर्नु भई त्यो प्राणी बज्र नरकबाट मुक्त भएका थिए भनि बौद्ध ग्रन्थमा वर्णन गरेका पाइन्छ ।

अरू पनि यदि कसैबाट मार्न निश्चित भएको वा मार्न खोजिएको प्राणीको जीवन दान गरेमा शीलवान भिक्षु जस्तै पुण्यवान हुनेछ । एक प्राणीको जीवन दान गरेमा एक दुर्गतिमा जन्म लिने अकुशल कर्म शुद्ध हुनेछ । लोक धातुमा एक सय मानव तथा १०० घोडा मारेमा पाप भएपनि (त्यस कर्म प्रति पश्चतापका साथ प्रायश्चित गरि) धेरै पटक जीवन दान गरेमा पापको निवारण हुनेछ । १३ जीवन दान गरेमा १०,००० कल्प संचित पापहरू अकुशल कर्म शुद्ध हुनेछ। आयू सकेको ब्यक्तिका लागी जीवन दान गरेमा उसको आयू लामो हुनेछ ।

अल्प आयू हुने ब्यक्तिको लागी १३ जीवन दान गरेमा त्यस मानिसको आयू तीन वर्ष सम्म परिवर्तन हुनेछ । जीवन दान दिएका प्राणीलाई मारेमा १०० मानिस मारेको पाप बराबर हुनेछ । त्यस प्रकारका पाप तथा अप्रमेय दोषहरू भगवान बुद्धले पसमठिशिङ सुत्रा भित्र भताउनु भएका छन् । पुनश्च पुजा आदी राम्रो संग गरेर छोड्नु पर्छ नत्र प्रणी हत्या गरेको पाप लाग्नु सक्छ ।।।
लेखक कमल भण्डारी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?