२० वर्ष चलेका गाडी हटाउन सम्भव छ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०८०
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् ।
  • नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् ।

काठमाडौं। विदेशमा पुराना यात्रुवाहक तथा मालवाहक सार्वजनिक सवारीसाधन उमेरहदको सीमाभन्दा फिटनेस र इमिसन टेस्टुका आधारमा विस्थापित हुँदै आइरहेका छन् ।

नेपालमा भने प्रभावकारी ढंगले फिटनेस र इमिसन टेस्ट नहुने भएकाले उमेरहदका कारणले सार्वजनिक सवारीसाधन विस्थापित हुँदै आइरहेका छन् ।

दुर्घटना र प्रदूषणको प्रमुख कारक रहेको भन्दै सरकारले २०७४ सालदेखि नै २० वर्ष नाघेका पुराना सवारीसाधनमाथि प्रतिबन्ध लगाउँदै आएको छ । युरोपेली मुलुक जर्मनीमा १० वर्षकै अवधिमा पुराना सवारीसाधन विस्थापित हुँदै आएका छन् । ती मुलुकले पुराना सवारीसाधन विस्थापित गरेर नयाँ खरिद गर्नेलाई प्रोत्साहन गर्ने नीति अंगीकार गर्दै आएका छन् ।

नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक सवारीसाधनलाई यात्रुवाहक र मालवाहक तत्कालै विद्युतीयमा कन्भर्जन (रूपान्तरण) गर्न नसकिए पनि साना चारपांग्रेलाई भने गर्न सकिने पर्याप्त सम्भावना देखिन्छ ।

पछिल्लो समय निजी क्षेत्रको ई-वाहन मोटोकर्प कम्पनीले पेट्रोलियम पदार्थबाट चल्ने साना चारपांग्रेलाई विद्युतीयमा रूपान्तरणका लागि अध्ययन गरिरहेको छ । मोटोकर्प कम्पनीले अहिले हाइलक्स गाडी र आइटेन कारलाई विद्युतीय सवारीका रूपमा रूपान्तरण गर्ने काम अन्तिम चरणमा पुयाएको छ ।

ई-वाहन मोटोकर्पका संस्थापक अविरल पोखरेलले पेट्रोलियम पदार्थबाट चल्ने निजी र सरकारी चारपांग्रे सवारीसाधनलाई विद्युतीयमा कन्भर्जन गर्न सकिने बताउँछन् ।

‘हामीले सुरुआती चरणमा निजी र सरकारी चारपांग्रे सवारीसाधनलाई विद्युतीयमा रूपान्तरणका लागि काम गरिरहेका छौं,’ उनले भने, ‘पेट्रोलियम पदार्थबाट चल्ने ठुला सार्वजनिक सवारीसाधनलाई विद्युतीयमा कन्भर्जन गर्ने नसक्ने भन्ने त होइन तर अहिलेकै परिस्थितिमा मालवाहक र यात्रुवाहक सवारीसाधनलाई तत्कालै कन्भर्जन गर्न गाह्रो देखिन्छ ।’

(linksmagazine.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : मन्त्री गुरुङ
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन
भिल्लाद्वारा सन्यास घोषणा
भिल्लाद्वारा सन्यास घोषणा
जब राष्ट्रकवि घिमिरेले सेनाको पोशाकमा स्यालुट गरे …
जब राष्ट्रकवि घिमिरेले सेनाको पोशाकमा स्यालुट गरे …
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
प्रधानमन्त्री पदमा रहने दिन गनेर बसेका ओली, देउवालाई खुसी पार्न फेरि सम्झिए आलोपालो
कांग्रेसका ४२ विभाग दुई वर्षसम्म रित्तै, देउवामाथि प्रश्न
काठमाडौँको तापक्रम आज यस्तो हुने
काठमाडौँको तापक्रम आज यस्तो हुने
सहकार्यबाटै सरकार बनाउँदै विपक्षि गठबन्धन
सहकार्यबाटै सरकार बनाउँदै विपक्षि गठबन्धन
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
स्पट फिक्सिङ गम्भीर अपराध हो, निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गरियोस् : पारस खड्का
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले दिए अमेरिकी राष्ट्रपतिलाई बधाई तथा शुभकामना