सन्दीपले विकेट लिएर होइन यसरी जिताए टिमलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
सन्दीपले विकेट लिएर होइन यसरी जिताए टिमलाई

सारांश

  • बकाठमाडौं ।
  • नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रीमियर लीग (बीपीएल) खेलिरहेका छन् ।
  • उनको टीम सिल्हेट सिक्सरले आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्दा नेपाली स्टार सन्दीपले विकेट लिएर होइन रन आउट गरेर टीमको जितमा महत्वपूर्ण भूमिका निर्भाह गरेका छन् ।

बकाठमाडौं । नेपाली राष्ट्रिय टिमका क्रिकेटर सन्दीप लामिछाने बंगलादेशमा जारी बंगलादेश प्रीमियर लीग (बीपीएल) खेलिरहेका छन् । उनको टीम सिल्हेट सिक्सरले आफ्नो दोस्रो खेलमा पहिलो जित दर्ता गर्दा नेपाली स्टार सन्दीपले विकेट लिएर होइन रन आउट गरेर टीमको जितमा महत्वपूर्ण भूमिका निर्भाह गरेका छन् ।

सिक्सर र चित्तोगंग भाइकिंग्सबीच भएको खेलमा सन्दीपको टिमका कप्तान डेबिड वार्नरले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय लिएका थिए । टस जितेर पहिला ब्याटिंग गरेको सिक्सरले पावर प्लेमा महत्वपूर्ण ३ विकेट ७ रनको स्कोरमा गुमाएको थियो । त्यसपछि ब्याटिंग गर्न आएका युवा बंगाली ब्याट्सम्यान अफिफ हुसेनले विस्फोटक ब्याटिंग गरे । उनले २८ बलमा ४५ रन बनाए भने टिकेर खेलेका कप्तान डेबिड वार्नरले ४७ बलमा ५९ रन बनाए । अन्तिमतिर ब्याटिंग गरेका वेष्टइण्डिजका विस्फोटक ब्याट्सम्यान निकोलश पुरनले विस्फोटक ब्याटिंग गर्दै ३२ बलमा ५२ रनको योगदान दिँदै टिमको स्कोर १६८ पुर्याए ।

१६९ रनको लक्ष्य पछ्याएको भाइकिंग्सले पहिलो ओभरमा विस्फोटक अफगानी ब्याट्सम्यान अहमद शेहजादलाई गुमाए पनि अर्का ओपनर क्यामरुन डिलपोर्टले विस्फोटक ब्याटिंग गर्दै २२ बलमा ३८ रन बनाए । भाइकिंग्सले सजिलै लक्ष्य भेटाउने सम्भावना देखिएको बेला मैदानमा नेपालका सन्दीपले कमाल देखाएर विस्फोटक ब्याटिंग गरिरहेका डिलपोर्टलाई उनले डिपबाट डाइरेक्ट हिटमा रनआउट गराउँदै मैदान बाहिर पठाएपछि खेलले नयाँ मोड लियो ।

भाइकिंग्सका लागि अन्तिम ओभरमा जितका लागि २४ रन चाहिएको अवस्थामा रुबी फ्र्याकिंगले दुई छक्का प्रहार गरेपछि टिमलाई जित नजिक पुर्याएका थिए । तर, सिक्सले ५ रन ले सिजनमा पहिलो जित दर्ता गरायो ।

नेपालका सन्दीपले रनआउट र एक क्याच पनि लिएर टिमको जितमा महत्वपूर्ण भूमिका निभए भने आफ्नो ४ ओभरमा निकै इकोनोमिकल बलिंग गर्दै २१ रनमात्र दिए । उनले चार ओभरमा एउटामात्र बाउण्ड्रीका रुपमा चौका खाएका थिए । त्यो पनि चौथो ओभरको अन्तिम बलमा । जितसँगै सिक्सर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
डोनल्ड ट्रम्पलाई महाभियोग लगाउन ‘प्रशस्त प्रमाण’
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
सुन तस्करी र हत्याको अभियोगका आरोपी पाँचजनाको बयान सम्पन्न
वीरगंजमा बेलुका ६ बजेसम्म पसल सञ्चालन गर्न पाइने, सरकारी कार्यालयहरु आलोपालो सञ्चालन गर्ने निर्णय
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
इराक र इरानमा भूकम्प : ज्यान गुमाउनेको संख्या २०० नाघ्यो
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
जसपाको प्रतिबद्धता पत्र सार्वजनिक, १० प्रदेश प्रस्ताव (पूर्णपाठ)
Which usually Dating Site Is the Best? Evaluations of Best Online Dating Products
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
भारत र चीनलाई उछिन्दै नेपाल: २२ औँ स्थानमा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं
आजबाट कर्मचारी समायोजन प्रक्रिया शुरु, नयाँ संरचनामा १ लाख ३८ हजार कर्मचारी समायोजन गरिदैं

तपाईंले छुटाउनुभयो कि?