सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

सारांश

  • दाङ, ३ चैत , दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
  • तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
  • जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिनुभयो ।

दाङ, ३ चैत , दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख चिकित्सक बाल रोग विषेशज्ञ डाक्टर किशोर खत्रीले जानकारी दिनुभयो ।

आइसियु, भेन्टिलेटर, कार्र्डियाक, इसिजीलगायत सेवासहित बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मी टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको डा खत्रीले बताउनुभयो । उहाँले अन्य एम्बुलेन्सभन्दा धेरै सेवा र सुविधा भएको तर महसुलमा भने त्यति धेरै फरक नपर्ने समेत जानकारी दिनुभयो । सुविधायुक्त एम्बुलेन्स सञ्चालन भएसगैँ गम्भीर घाइते र बिरामीलाई समयमै अस्पताल पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको सो अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?