सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १०, २०७७
|
|
१८ पटक हेरिएको
Shares
सिंगटी इनर्जीको आइपीओमा सोमबारसम्म १२ लाखको आवेदन

सारांश

  • सिंगटी हाइड्रो इनर्जीले जारी गरेको आइपीओमा ७ गुणा बढी आवेदन परेको छ ।
  • कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आइपीओमा सोमबारसम्ममा १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएका छन् ।
  • सर्वसाधारणको लागि बिक्री खुला गरेको कम्पनीको आईपीओमा परेको आवेदन ७ गुणाले बढी हो ।

सिंगटी हाइड्रो इनर्जीले जारी गरेको आइपीओमा ७ गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार १ अर्ब ८८ करोड ७२ लाख ९० हजार रुपैयाँ बराबरको आइपीओमा सोमबारसम्ममा १२ लाख २२ हजार ८३२ जनाले आवेदन दिएका छन् ।

सर्वसाधारणको लागि बिक्री खुला गरेको कम्पनीको आईपीओमा परेको आवेदन ७ गुणाले बढी हो । कम्पनीले चैत ६ गतेबाट १ सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आइपीओ निष्कासन गरेको हो ।

कम्पनीले कुल आईपीओ मध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याएर बाँकी भएको २६ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो । आईपीओमा आजसम्म आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?