उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उपाध्यक्षको राजीनामा माग गर्दै गाउँपालिकाका जनप्रतिनिधि अनशनमा !

सारांश

  • पर्वत, २३ साउन ।
  • पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् ।
  • गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् ।

पर्वत, २३ साउन । पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ । वडाध्यक्ष श्रेष्ठ परिवारलाई भेट्न जापान गएको बेला गाउँपालिकाका कार्यवाहक अध्यक्ष गुरुङले ‘लगातार तीन वटा बैठकमा बिनाजानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ ब्यहोरासहित सात दिने स्पष्टीकरण सोधेपछि बिबाद भएको हो । कार्यवाहक अध्यक्ष गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिनभित्र स्वयं उपस्थित भएर स्पष्टीकरण दिने पत्र पठाएका छन्।

वडाध्यक्ष श्रेष्ठले गएको जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यवाहक दिएर जापान गएका थिए । कार्यवाहक दिएको बारे श्रेष्ठले गाउँपालिकामा लिखितपत्र समेत दर्ता गराएका थिए । “मैले कार्यवाहक दिएर परिवारका सदस्य भेट्न जाँदा पदबाट हटाउने षड्यन्त्र भयो,” श्रेष्ठले भने, “षडयन्त्रपूर्वक गरिएको यस्तो कामका लागि उपाध्यक्षले राजीनामा दिनुपर्छ ।” सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले अध्यक्ष र उपाध्यक्षलाई कार्यवाहक दिएको जानकारी नगराएका कारण समस्या भएको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए । कार्यवाहक अध्यक्षको हैसियतमा सदस्य न्यौपानेले कार्यपालिकाको बैठकमा समेत भाग लिँदै आएका थिए । “हाम्रो नियत पद खारेज गराउने होइन, सचेत मात्रै गराउने थियो,” उनले भने, “कार्यवाहक दिएर गाउँपालिकामा जानकारी गराएर गएको कुरा कार्यकारीले नभन्दा समस्या भएको हो, समाधान खोज्ने प्रयासमा छौँ ।”

उपाध्यक्ष गुरुङले पत्र पठाएपछि नेकपाबाट विजयी श्रेष्ठ जापानबाट नेपाल फर्किएका थिए । श्रेष्ठ नेपाल फर्केपछि सोमबार गाउँपालिकाका अध्यक्ष तिवारी र उपाध्यक्ष गुरुङलाई भित्र थुनेर गाउँपालिका कार्यालयमा नेकपाका कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिले तालाबन्दीसमेत गरेका थिए । प्रहरीले ताला फोडेर दुवैजनालाई बाहिर निकालेको थियो । नेकपाका प्रतिनिधि उपाध्यक्ष गुरुङले राजीनामा दिनुपर्ने अडानमा छन् भने नेपाली काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधि भने उपाध्यक्षलाई माफी माग्न लगाएर समस्याको निकास निकाल्ने पक्षमा छन ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकप फुटबल २०१८:  यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
विश्वकप फुटबल २०१८: यसकारण लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो एकअर्काविरुद्ध खेल्नेछन
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
संविधानको त्रुटि सुधार गर्न काँग्रेस प्रतिबद्ध नेता निधि
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता माघको पहिलो साता
नेतालाई पार्टीमै टिकाइराख्न माधव नेपाललाई चुनौती
नेतालाई पार्टीमै टिकाइराख्न माधव नेपाललाई चुनौती
प्रहरी कार्यालयमा आगलागी
प्रहरी कार्यालयमा आगलागी
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
कोरोना कहर : असरबारे सरकारले थाल्यो अध्ययन
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
ट्रम्पको घोषणापछि सिरियामा अमेरिका, ब्रिटेन र फ्रान्सद्वारा हमला सुरु
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
हात्ती आक्रमणबाट वृद्ध गम्भीर घाइते
निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभाका लागि स्थापना
निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभाका लागि स्थापना

तपाईंले छुटाउनुभयो कि?