गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १०, २०७६
|
|
२९ पटक हेरिएको
Shares
गल्ति गर्ने मेयर माफी माग्ने उपमेयर

सारांश

  • इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाले माफी मागेको छ ।
  • उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरिएको छ ।
  • कार्यबाहक नगरप्रमुखको हैसियतमा गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरपालिकाको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा उपमहानगरपालिकाले माफी मागेको छ । उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले शुक्रबार विज्ञप्ति जारी गरी उक्त घटना परिस्थितिजन्य भन्दै घटनाका कारण सञ्चार जगत र पत्रकारको आत्मसम्मानमा कुनै चोट पुगेको भए क्षमायाचना गर्ने उल्लेख गरिएको छ । कार्यबाहक नगरप्रमुखको हैसियतमा गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘राज्यको चौथो अंगका रुपमा स्थापित सञ्चार जगतप्रति इटहरी उपमहानगरपालिकाको कुनै पूर्वाग्रह छैन, उपमहानगर प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिवद्ध छ । आगामी दिनमा सञ्चार जगत र उपमहानगरको सम्बन्ध अझ प्रगाढ बन्दै जाने अपेक्षा लिएको छु ।’

इटहरीका मेयर चौधरीले बुधबार अन्तर्वार्ताका क्रममा एक पत्रकारलाई लोपारेर दुव्र्यवहार गरेका थिए । एक कर्मचारीलाई कुटपिट गरेको र अपशब्द बोलेको विषयमा पत्रकारले प्रश्न गर्दा मेयर चौधरी आक्रोशित हुँदै पत्रकारमाथि जाई लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?