सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
२० पटक हेरिएको
Shares
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य

सारांश

  • बाँके, २३ साउन ।
  • झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ ।
  • हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् ।

बाँके, २३ साउन । झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ । हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् । गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् । तर नाम्रावासीका लागि वर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ, भेरी नदीमा वर्षाले बढाएको पानी सतह नघटेसम्म करीब ६ महिनासम्म नाम्राका स्थानीयवासीका लागि नाकाबन्दी सरहको जीवन गुजार्नुपर्नेहुन्छ ।

उनीहरु राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाटै वर्षमा करीब पाँच महिना वञ्चित हुनैपर्ने अवस्था आउँछ । त्यो आफूहरुका लागि अन्याय भएको स्थानीयवासीको गुनासो छ । वर्षायाम शुरु भएर पानीको सतह बढ्नासाथ नदीमा डुङ्गासमेत चल्न छाडेपछि उनीहरु घुमाउरो बाटो प्रयोग गरी करीब चार घण्टाको पैदलयात्रा गर्दै सल्लीबजार पुग्नुपर्ने बाध्यता छ । असारपछिको पाँच महिनासम्म कोही सिकिस्त बिरामी भइहाले ‘भाग्यभरोसा’ भन्दै बस्नुपर्ने नाम्रावासीको अवस्था छ ।

आवागमन समस्याकै कारण त्यहाँका बालबालिकाको पढाइ पनि बिथोलिने गरेको छ । गाउँमा प्राविमात्रै भएका कारण निमावि तहदेखि माथिल्लो कक्षा अध्ययनका लागि भेरी नदी नै तरेर विद्यालय जानुपर्ने अवस्था छ, तर वर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिममा राखेर पढ्न चाहादैनन् नाम्राका विद्यार्थी । सुर्खेतको बालीखोला र नाम्रा गाउँलाई जोड्नका लागि झोलुङ्गे पुल निर्माण अनिवार्य छ ।

नाम्रामा यो समस्या पुस्तौदेखिको हो । एउटा सिङ्गो गाउँ वर्षको आधा समय सम्पर्कविहीन बन्ने अवस्थामा पुग्दासमेत पुल निर्माणका लागि तदारुकता देखाउन नसक्नु राज्यको कमजोरी भएको स्थानीयवासीको गुनासो छ । स्थानीय गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्मा भने, “ सिङ्गो गाउँ राज्यको उपस्थितिविहीनताको अवस्थामा वर्षौदेखि गुज्रनु लज्जाजनक पनि छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
अमेरिकाले चीनमा थप्यो १०० प्रतिशत ट्यारिफ, ट्रम्पको नयाँ घोषणाले व्यापार युद्ध झन् चर्किने
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
सातवटै प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरु , नाम लिस्ट्सहित
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित
नेपाली कांग्रेसका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
ट्रकको ठक्करबाट जिसस कैलालीका लेखापालसहित दुईको मृत्यु
आज सकिनुपर्ने महासमिति बैठक ३ दिन लम्बिने खुलासा
आज सकिनुपर्ने महासमिति बैठक ३ दिन लम्बिने खुलासा
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता

तपाईंले छुटाउनुभयो कि?