काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ७, २०७९
|
|
१७ पटक हेरिएको
Shares
काठमाडौँमा गठबन्धनकी उम्मेद्वार सिर्जना सिंहविरुद्ध सुरज वैद्य उठाउने एमालेको तयारी

सारांश

  • स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु उम्मेद्धवार चयनको तयारीमा जुटेका छन् ।
  • सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुँगो लगाउँदैछ ।
  • उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि धमाधम उम्मेद्धवारको नाम सिफारिश गरिरहेको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु उम्मेद्धवार चयनको तयारीमा जुटेका छन् । सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरको भागबण्डा टुँगो लगाउँदैछ । उता, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि धमाधम उम्मेद्धवारको नाम सिफारिश गरिरहेको छ ।

सबैभन्दा चासोको रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मेयरमा कसले बाजाी मार्ला भनेर हेरिएको छ । सत्ता गठबन्धनले काठमाडौं महानगरको नेतृत्व कांग्रेसलाई दिने निर्णय गरिसकेको छ । कांग्रेसबाट यसपटक सिर्जना सिंह मेयरमा उठ्ने लगभग पक्का भैसकेको छ ।

आजै गठबन्धनले काठमाडौंमा मेयरमा सिंहलाई मेयरमा साझा उम्मेद्धवारको रुपमा अघि बढाउने निर्णय गर्दैछ । एमालेले भने अहिलेका मेयर विद्यासुन्दर शाक्य, केशब स्थापित, रामवीर मानन्धरमध्ये एकलाई मेयर उठाउने तयारी गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने अहिले चर्चामा रहेका नामभन्दापनि बाहिरको व्यक्तिलाई अघि बढाउने संकेत गरेका छन् । गठबन्धनका साझा उम्मेद्धवार सिंहको विरुद्धमा एमालेले व्यवसायी सुरज बैद्यलाई उठाउने तयारी गरेको स्रोतको दाबी छ ।

अध्यक्ष ओलीले मेयरमा उठ्ने चर्चामा रहेका व्यक्तिहरुलाई मेयरमा किन सिमित हुनुपर्यो ? भन्दै उनीहरुलाई प्रदेश र प्रतिनिधिसभामा उठ्नुपर्ने सुझाव दिने गरेका छन् । बैद्य व्यापारिक पृष्ठभूमिका व्यक्ति भएकोले उनलाई अघि बढाउँदा नै पार्टीलाई हित हुने उनको ठम्याई छ। बैद्य ओलीका विश्वासपात्रको रुपमा परिचित छन् । उनलाई ओली प्रधानमन्त्री भएको बेलामा नेपाल भ्रमण वर्षको संयोजक बनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?