अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २९, २०७७
|
|
३८ पटक हेरिएको
Shares
अमेरिकी तल्लो सदनमा राष्ट्रपतिबाट ट्रम्पलाई हटाउने प्रस्ताव पारित

सारांश

  • अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजिन्टेटिभ्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ ।
  • यो बैठकले राष्ट्रपति ट्रम्पलाई हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव गरिएको छ ।
  • २५औँं संशोधनमार्फत् ट्रम्पलाई पदबाट हटाउन लागिएको हो ।

अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजिन्टेटिभ्स’ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ । यो बैठकले राष्ट्रपति ट्रम्पलाई हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव गरिएको छ । २५औँं संशोधनमार्फत् ट्रम्पलाई पदबाट हटाउन लागिएको हो ।

यसअघि उपराष्ट्रपति माइक पेन्सले २५औँ संशोधनतमार्फत् ट्रम्पलाई हटाउने कुनै योजना नरहेको बताएका थिए । तर, तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले भने ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए ‘महाभियोग’ लगाएर हटाउने बताएकी थिइन् । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उनीमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
यस्तो आउँदैछ रु ५ को नयाँ नोट ! (तस्बिरसहित)
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
हेडको शतकीय पारीसँगै इङ्ल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी
काठमाडौँमा अग्रता बढाउँदै बालेन
काठमाडौँमा अग्रता बढाउँदै बालेन
चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
१८ हजारको चिरफार गरेका एउटा बिरामि ! एलोपेथिक सम्भव नभएपछि आयुर्वेदिक पद्दति अपनाइदै
नुवाकोटमा रानु निरौलाको धमाका
नुवाकोटमा रानु निरौलाको धमाका
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु
तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु