प्रदेश १ मा भोलि सार्वजनिक बिदा
सारांश
- विराटनगर, २३,साउन ।
- १ नम्बर प्रदेशमा भोली बीहिबार साउन २४ गते सार्वजनिक बीदा हुने भएको छ ।
- प्रदेश सरकारले विश्व आदिवासी जनजाती दिवसको अवसरमा भोलि बीदा दिएको हो ।
विराटनगर, २३,साउन । १ नम्बर प्रदेशमा भोली बीहिबार साउन २४ गते सार्वजनिक बीदा हुने भएको छ । प्रदेश सरकारले विश्व आदिवासी जनजाती दिवसको अवसरमा भोलि बीदा दिएको हो ।
प्रदेश १ को आन्तरीक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक बीदा दिएको जनाएको हो । मन्त्रालयले प्रदेशका सवै जिल्ला प्रशासन कार्यालय हरुमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णय अनुसार उल्लेखित बीदा दिने निर्णय भई सो को सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर,नेपाल, चैत्र २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशित भएको समेत जानकारी दिएको छ ।
प्रदेश १ को सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौं १० गते आइतबार रक्षाबन्धन साथै जनैपूर्णिमा, भदौ १८ मा राधाकृष्ण रथयात्रामा ( मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते मंगलबार छठ पर्वमा सार्वजनिक बीदा दिने जानकारी दिएको छ ।
प्रतिक्रिया