महायज्ञ: चौथो दिन सम्म पौने चार लाख संकलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु ,२५ वैशाख ।
  • कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको ओइरो लागेको छ ।
  • नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको आयोजक ले जनाएको छ ।

माधव बेल्वासे, चन्द्रौटा कपिलवस्तु ,२५ वैशाख । कपिलवस्तु को शिवपुरमा आयोजित शिवराज शिवपुर धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको ओइरो लागेको छ ।

नमुना विद्यालय निमार्णको लागी अयोजित धार्मीक शैक्षिक महोत्सवमा दानवीर हरुको उल्लेखनीय सहभागीता रहेको आयोजक ले जनाएको छ । महायज्ञको चौथो दिन दानविर वाट १ लाख ११ हजार ८ सय ५४ रुपैया रंकम संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सिताराम चौधरीले जानकारी दिनुभएको छ ।

महायज्ञमा दान संकलनको चौथो दिन पनि स्थानिय शिक्षाप्रेमी तथा अभिभावकहरुले दान गरेको चौधरीले जनाउनुभयो । चौथो दिन कृष्ण भण्डारी दम्पती फुलमती भण्डारी वाट २१ हजार १ सय ५१ दिन व घर्ति ११ हजार ५ सय ५१ सहयोग प्राप्त भएको कोषाध्यक्ष चौधरीले जानकारी दिनु भयो । त्यस्तै अन्य स्थानिय अभिभावहरुले पनि दान सहयोग गरेका छन ।

महायज्ञको चौथो दिन सम्म ३ लाख ७५ हजार ६ सय ४३ रकम संकलन भएको आयोजकले जनाएको छ । महायज्ञ मुल आयोजक समितिले सहयोग गर्ने दानविरहरुलाई धन्यवाद ज्ञापन गरेको छ । विद्यालयको आर्थिक अवस्था कमजोर हुदै गएकोले विद्यालयको शौक्षिक सुधारको लागी महायज्ञ आयोजना गरीएको हो ।सरस्वती आधारभुत विद्यालयको आयोजनामा रहेको उक्त महयज्ञ वैसाख २९ गतेसम्म चल्ने महायज्ञ आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?