महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २८, २०७६
|
|
५७ पटक हेरिएको
Shares
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्

सारांश

  • ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्।
  • छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।
  • तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो।

ब्रजिलका महान् फुटबल खेलाडी पेले अचेल बिनासहारा हिँडडुल गर्न नसक्ने स्थितिमा भएको उनका छोराले बताएका छन्।

छोरा एडिन्योका अनुसार हिजोआज पेले घरबाहिर निस्किन पनि सङ्कोच मान्छन्।

तीन पटक विश्वकप विजेता तथा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट फुटबल खेलाडी मानिएका पेलेलाई गत वर्ष मूत्रनलीमा सङ्क्रमण भएपछि अस्पताल लगिएको थियो।

उनन्सत्तरी वर्षीय पेलेलाई केही समययता कम्मरमा समस्या देखिएको छ। उनलाई हिँडडुल गर्न फ्रेमको सहारा आवश्यक पर्छ।

केही समययता सार्वजनिक समारोह सहभागी हुन जान उनले ह्वीलचेयर प्रयोग गर्ने थालेका थिए।

“उहाँ अचेल एकान्तप्रेमी अनि बाहिर निस्किँदा आफ्नो अवस्थाका कारण लजाउने हुनुभएको छ,“ छोरा एडिन्योले टीभी ग्लोबोलाई बताए।

आफ्नो २१ वर्ष लामो फुटबल जीवनका क्रममा पेलेले १,३६३ खेलमा १,२८१ गोल गरेर विश्व कीर्तिमान बनाएका थिए।

तीनवटा विश्वकप जित्ने उनी एक मात्र खेलाडी हुन्। ब्रजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप फुटबल जितेको थियो।

उनीले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरे। उनलाई फिफाका ’शताब्दी खेलाडी’ को उपाधि दिइएको थियो।

आगामी जुन महिनामा पेलेले आफ्नो अन्तिम विश्वकप फाइनल जितेको ५० वर्ष पुग्दैछ।

मेक्सिकोमा भएको उक्त खेलमा सहभागी ब्रजिलको टोलीलाई कतिपयले हालसम्मकै उत्कृष्ट टोली भन्ने गर्छन्।

पछिल्ला वर्षहरूमा उनको स्वास्थ्यमा विभिन्न समस्या देखा परेका छन्।

सन् २०१५ मा उनको प्रोस्टेट अर्थात् पौरुषग्रन्थिको शल्यक्रिया गरिएको थियो। उनको मिर्गौलामा पनि समस्या देखिएको थियो।

“उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो, तर आज राम्ररी हिँडडुल गर्न सक्नुहुन्न,“ एडिन्योले भने।

“उहाँलाई अचेल सङ्कोच लाग्छ, उहाँ बाहिर जान चाहनुहुन्न, देखिन चाहनुहुन्न। उहाँ कमजोर हुनुभएको छ।“

“कम्मर प्रतिस्थापन गरियो तर पर्याप्त पुनर्स्थापना हुन सकेन। त्यसैले हिँडडुल गर्दा समस्या हुन्छ र उहाँमा एक किसिमले डिप्रेशनजस्तो भएको छ,“ उनले भने।
बीबीसीबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
सन् २०१८ लाई फर्केर हेर्दा : प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
क्यारेवियन कलेजको विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर…
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
आज शनिबार, कस्तो छ तपाईंको राशिफल?
हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर
हलिउडबाट यसरी चोरी भएको थियो छक्का पन्जाको पोस्टर
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
ओलीको ट्वीट काण्ड: दाहाललाइ ओलीले भने ‘सरी.. माईन्ड नगर्नुस !’
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
आइपीएल- कोलकाता नाइटराइडर्सलाई जित्यो दिल्लीले
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
एसिया कप छनाेटका लागि नेपाली टाेलि मलेसिया जाँदै, यस्ताे रह्याे श्रृलंकामा खेलाडीकाे प्रदर्शन !
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना
पर्यटकलाई रात्रिकालीन सफारी सहित चेपाङ खाना