आजीवन कारावासको सजाय पाएका कैदी फरार

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
आजीवन कारावासको सजाय पाएका कैदी फरार

सारांश

  • काठमाडौं साउन, २७।
  • झापा जिल्लाको  कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदी बन्दी आइतबार दिउँसो फरार भएका छन्।
  •  गौरादह नगरपालिका ८ निवासी अन्दाजी २५  वर्षका  उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।

काठमाडौं साउन, २७। झापा जिल्लाको  कारागार भद्रपुर परिसर भित्रबाटै एक कैदी बन्दी आइतबार दिउँसो फरार भएका छन्। गौरादह नगरपालिका ८ निवासी अन्दाजी २५  वर्षका  उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी गराए ।कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माझीलाई झापा जिल्ला अदालतले २०७१ साल असार ७ गते देखि  आजीवन कारावासको सजाय सुनाएको थिए। माझी सोही सजाय अनुसार कारागार मा बन्दी जीवन बिताइरहेका थिए।

इलेक्ट्रिकल बिजुलीको काम गर्न जानेका माझी आज दिउसोको समयमा  कारागारको पर्खालमा बिजुलीका काम गर्नका लागी उनले भर्‍याङ को प्रयोग गरेका थिए।उनि भर्‍याङमा चढेर काम गर्दै थिय,काम गर्दागर्दौ गरेको अवस्थामा उनि कति खेर सुरक्षाकर्मीको आँखा छलेर पर्खाल बाट हाम फालेर  फरार भए , कारागारमा तैनाथ सुरक्षाकर्मीले समेत त्यो कुरा पत्ता पाएनन ।कारागार भित्रैबाट कैदीबन्दी फरार भएपछि कारागारमा तैनाथ सुरक्षाकर्मी हरु माथि पनि शंकास्पद रुपमा हेरीएको छ

बेलुकाको समयमा  कैदी गन्ती गर्ने क्रममा एक जना कैदीबन्दीको संख्यामा कमी आएपछि माझी फरार भएको घटना बाहिर आएको हो ।प्रहरी उपरीक्षक बस्नेतले भने, ‘दिउसोको समयमा घटनाको बेला खटिएका प्रहरी तथा कैदीबन्दी सँग सोधपुछ भइरहेको छ, भने फरार भएका माझीलाई खोज्न को लागी व्यापक रुपमा प्रहरी परीचालन गरिएको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?