प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रचण्डलाई कांग्रेस प्रवक्ताको मुखभरि जवाफ, डा केसीले बन्दुक उठाउनु पथ्र्यो कामरेड ?

सारांश

  • काठमाडौ, ७ साउन ।
  • नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शमाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई डा.
  • गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्यो कामरेड भनेर प्रश्न गरेका छन् ।

काठमाडौ, ७ साउन । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शमाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई डा. गोविन्द केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्यो कामरेड भनेर प्रश्न गरेका छन् । सोमबार नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औँ स्मृति दिवसमा प्रचण्डले नेपाली कांग्रेसलाई लाशको राजनीति गर्न खोजेको आरोप लगाएपछि कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत प्रचण्डलाई त्यस्तो प्रश्न सोधेका हुन् ।

प्रचण्डलाई उनले आफ्नो व्यक्तित्व र पृष्ठभूमि हेर्न आग्रह गर्दै ट्वीटमा लेखेका छन्, “डा. केसीले अनशन नबसेर के बन्दुक उठाउनु पथ्र्यो कमरेड ? कांग्रेसमाथिको प्रश्नमा केवल यति भनौं । माथेमा कार्यदल कसले बनायो ? कसले ल्यायो अध्यादेश ? लाशको राजनीतिको आरोप लगाउनु अघि आफ्नो ब्यक्तित्वको उचाई र पृष्ठभूमि हेक्का राख्नुपथ्र्यो कि कमरेड !!”

पुष्पलाल स्मृति दिवसमा प्रचण्डले कांग्रेसले लाशको राजनीति गर्न खोजेको आरोप लगाएका थिए । उनले कांग्रेसले अन्य एजेण्डा नपाएर प्राडा गोविन्द केसीको पुच्छर समातेर हिडेको बताएका थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?