रौतहटमा कांग्रेस बन्यो ठूलो दल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १२, २०७९
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • रौतहट।
  • स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ।
  • स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो।

रौतहट। स्थानीय तह निर्वाचनको मतपरिणाममा रौतहटमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ। स्थानीय तह निर्वाचनमा कांग्रेसले सात, नेकपा एकीकृत समाजवादीले चार, एमालेले तीन, लोसपाले दुई, जसपाले एक र माओवादी केन्द्रले एक पालिकामा जित हात पारेको हो।

नेपाली कांग्रेससँग अहिले १४ जना पालिका प्रमुख र उपप्रमुख छन्। रौतहटमा कांग्रेसले सात पालिकामा जित हात पारेको हो।

कांग्रेसले फतुवा विजयपुर नगरपालिका, राजपुर नगरपालिका, कटहरिया नगरपालिका, गढीमाई नगरपालिका, चन्द्रपुर नगरपालिका, परोहा नगरपालिका र माधव नारायण नगरपालिकामा जित हात पार्दै जिल्लाको ठूलाे दल हुन सफल भएको छ । का‌ंग्रेससग सात प्रमुख र सात उपप्रमुख गरी १४ सहित ठूलो दल बनेको हो।

यस्तै, एकीकृत समाजवादीले चार पालिकामा जित हासिल गर्दै दोस्रो ठूलो दल बनेको छ। एकीकृत समाजवादीले वृन्दावन नगरपालिका, गौर नगरपालिका, बौधीमाई नगरपालिका र राजदेवी नगरपालिकामा विजयी भएको छ।

एमालेले देवाही गोनाही नगरपालिका, गरुडा नगरपालिका र मौलापुर नगरपालिकामा जित हात तेस्रो ठूलो दल बनेको छ । २०७४ को निर्वाचनमा रौतहटबाट क्लिन स्विप भएको एमालेले यो पटक तीन पालिकामा जित हात पार्दै तेस्रो ठूलो दल बन्न सफल भएको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा जित हासिल गर्दै चौथो स्थानमा छ । गुजरा नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले र दुर्गा भगवती गाउँपालिकामा माओवादी केन्द्रले जित हात पार्दै दुबै पाँचौं स्थानमा छन् ।

२०७४ को निर्वाचनमा तीन पालिकामा जित हासिल गरेको माओवादी केन्द्रले रौतहटमा यो पटक हालसम्ममा एयटा पालिकामा जित हासिल गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई
सीमा विवाद समाधानका लागि सहजीकरण गर्न तयार छुः पूर्वप्रधानमन्त्री भट्टराई
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
अष्ट्रेलियाको आगलागीका लागि २४ दोषी
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
रोशन पुरीको निर्देशनमा ‘लैजाऔ लैजाऔ’ गीतको भिडियो
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप
आज १०६ कोरोना संक्रमणमुक्त, ७७ जना थप
मेडिकल सामाग्री लिन भोली वाइडबडी चीन जाने
मेडिकल सामाग्री लिन भोली वाइडबडी चीन जाने
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
सुर्य चिन्ह दाबी गर्दै प्रचण्ड र नेपाल निर्वाचन आयोगमा
पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल
पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल
प्रचण्ड पनि तत्कालै एकता हुनेमा सहमत: झलनाथ खनाल
Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %