महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
३३ पटक हेरिएको
Shares
महानगरपालिका द्वारा ज्येष्ठ नागरिकलाई स्याहार केन्द्र स्थापना !

सारांश

  • काठमाडौँ, २८ साउन ।
  • काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ ।
  • काठमाडौँ महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो ।

काठमाडौँ, २८ साउन । काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि मनोरञ्जन र दिवा स्याहार केन्द्र स्थापना गरेको छ । काठमाडौँ महानगरपालिका– १८ ले गत जेठमा सो सेवा केन्द्र सञ्चालन गरेको हो । मनोरञ्जन केन्द्रमा ज्येष्ठ नागरिकका लागि हार्मोनियम, तबला, बाँसुरी, मादललगायत बाद्ययन्त्रको व्यवस्था गरिएको छ । यस्तै काठमाडौँ महानगरपालिका– २३ मा गत आइतबार ज्येष्ठ नागरिक दिवा स्याहार केन्द्र स्थापना गरिएको छ । युवा पुस्ताको सोच र व्यवहारमा परिवर्तन गर्ने उद्देश्यले सो केन्द्र सञ्चालन गरिएको महानगर प्रमुख विद्यासुन्दर शाक्यले बताए । उनले भने, “पाको उमेर भएका व्यक्तिलाई बोझ मान्नु हुँदैन । यो अवस्था सबैले व्यहोर्नुपर्छ ।”

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनलले आगामी दिनमा ज्येष्ठ नागरिकलाई हरेक तीन महिनामा तीर्थाटन गराउने योजना बनाएको बताए । उक्त केन्द्रमा ज्येष्ठ नागरिकलाई साँझसम्म राखेर धार्मिक तथा सामाजिक विषयमा छलफल गर्नुका साथै उनीहरुको स्वास्थ्य परीक्षणसमेत गरिन्छ । उक्त सेवा केन्द्रबाट दैनिक ७० जनाले सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rai Man

    Gojeyangro meyor ko guff, 100 din ma 100 wata kam garchhu bhanera chunab ko bela bhaeka kuro ko yeenlai hekka samma rahena.

    Comment Author

    Ganesh Shakya

    सडकमा फोहर फाल्ने दिन कहिले सम्म? सडक पेटीमा पसल थाप्न दिने, निर्माण सामाग्री दिने, वोर्कशप चलाउन दिने कि पैदल यात्रु हिड्ने ? सडकमा कुकुर गाई गोरु कहिलेसम्म? मास्क लगाएर अझै कति समय हिड्नु पर्ने?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?