१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ३०, २०७४
|
|
५८ पटक हेरिएको
Shares
१ करोड पुरस्कार सहितको ‘रियालिटी शो’ मौका

सारांश

  • काठमाडौं, ३० फागुन- नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ ।
  • नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ ।
  • ‘ओ मेगा इन्टरटेनमेन्ट’ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ ।

काठमाडौं, ३० फागुन- नेपालमा पछिल्लो समय धेरै ‘रियालिटी शो’ हुदै आएको हामी सबैलाई थाहा नै छ । नेपाली मनोरज्न्जन क्षेत्रमा थुप्रै रियालिटी शो हरु भैरहेको बेलामा अर्को एउटा फरक खालको ‘रियालिटी शो’ हुने भएको छ । ‘ओ मेगा इन्टरटेनमेन्ट’ले ‘नेपाल्स मेघा सिनेस्टार’ नामक रियालिटी शो गर्ने भएको छ ।  सोमबार राजधानीको मल्ल होटलमा एक भब्य कार्यकमका बीच उक्त रियालिटी शो को औपचारिक घोषणा गरिएको छ ।

कार्यक्रममा अभिनेता सरोज खनाल, निर्माता तथा निर्देशक आकाश अधिकारी चलचित्र वितरक गोपालकाजि कायस्थ, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा आयोजकहरुले कार्यक्रमको बारेमा नियम हरुको बारेमा बताएका थिए । उक्त रियालिटी शो मा भाग लिने व्यक्तिले अभिनय गर्नुपर्ने छ ।कार्यक्रममा चर्चित गीतकार तथा निर्देशक यादब खरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खरेलले छरिएर रहेका प्रतिभाहरुलाई यो ‘रियालिटी शो’ ले अबसर दिनेमा आफु बिस्वस्त रहेको बताएका थिए । उनले ‘ओ मेगा इन्टरटेनमेन्ट’ ले राम्रो शो गर्न लागेकोले बधाई तथा शुभकामना पनि प्रदान गरेका थिए । प्रमुख अतिथि खरेलले मन्तब्य संगै दीप प्रजोलन गरेर कार्यक्रमलाइ उद्घाटन गरेका थिए ।

‘ओ मेगा इन्टरटेनमेन्ट’ ले गर्न लागेको ‘नेपाल्स मेघा सिनेस्टार’ मा तिन हस्ती नेपाली कलाकर्मीहरु सोभित बस्नेत, निश्चल बस्नेत, र माल्भिका शुब्बा जर्ज रहने छन् । उक्त रियालिटी शो को काठमाडैाँ संगै चितवन,पोखरा, बुटवल,नेपालगन्ज,बिरगंज,इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुने भएको छ । कार्यक्रममा तिनै जना जर्जहरुले उक्त ‘रियालिटी शो’ को बारेमा बताउदै आफुहरुले सकेसम्म राम्रो संग मिलेर जुरीको काम गर्ने बताएका थिए ।

उक्त रियालिटी शो मा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार राशी प्राप्त गर्ने आयोजकले बताएका छन् । पुरस्कारहरुमा नगद २० लाख राशी, एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अबसर लगायतको पुरस्कार गरेर १ करोड बराबरको पुरस्कार रहने जानकारी गराईएको छ ।

(https://expo.aspe.org/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
काकडभिट्टालगायतको ट्राफिक व्यवस्थापन सहज बनाउने
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
सिन्धुलीमा जिप दुर्घटना, ५ जनाको मृत्यु
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
प्रम ओली देशबाहिर हुँदा प्रचण्ड, नेपाल र खनाल बीच गोप्य छलफल !
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
कमल थापाको नेतृत्वमा धर्म निरपेक्षताको झण्डा जलाउँदा दुई दर्जन विद्यार्थी पक्राउ
भारत भन्दा पाकिस्तानसँग धेरै परमाणु बम
भारत भन्दा पाकिस्तानसँग धेरै परमाणु बम
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
डेंगु रोगबाट बच्न सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई आग्रह
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
प्रेमीका अर्कैसँग अस्ट्रेलिया जान लागेको भन्दै हत्या
जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट
जिरी आउने पर्यटकलाई ५० प्रतिशत छुट
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री
योगलाई आधुनिक जीवनशैलीका दूष्परिणाम न्यूनीकरण गर्ने पद्धतिका रूपमा स्थापित गरौँः प्रधानमन्त्री