सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
३२ पटक हेरिएको
Shares
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रीत गर्न आग्रह गर्नुभएको छ ।
  • राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताउनुभएको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिविधि कृषिमा केन्द्रीत गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताउनुभएको छ ।

“सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठूलाठूला प्लटमा लैजानुपर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ ।”

प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुुन नुहने बताउनुभएको छ । “सहकारीहरुले उपभोग्यवस्तु, निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

किसानलाई आधुनिक खेतीतर्फ प्रोत्साहनका लागि सहकारीले सस्तो ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अप्ठ्यारालाई हल गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कुन ऐनले कहाँ अप्ठेरो पारेको छ, लेखेर ल्याउनुहोस । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”

सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सफल पार्न सहकारीहरुको ठूलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले परियोजना मार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “चक्लाबन्दी भएको जग्गालाई भाडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेती गर्ने काम सहकारीहरुले गर्नुपर्दछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?