पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २४, २०७४
|
|
४८ पटक हेरिएको
Shares
पर्सा,बाजुरा र सुनसरीमा आगलागीबाट क्षति

सारांश

  • काठमाडौँ , २४ असोज  पर्सा – पोखरीया–४ जगतपुर बस्ने चौकट सहनीको फुसको छानो भएको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट मंगलबार आगलागी हुदाँ छिमेकी मनोज सहनीको फुसको घरमा समेत आगलागी भएर करीव ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
  • बाजुरा -सामिकार्तिक गाँउपालिका–३ बस्ने खन्ते कामीको घरबाट सोमबार आगलागी हुदाँ आगो फैलिएर ६ जनाको ६ वटा घर जलेर क्षति भएको छ ।
  • आगलागीबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन ।

काठमाडौँ , २४ असोज
 पर्सा – पोखरीया–४ जगतपुर बस्ने चौकट सहनीको फुसको छानो भएको गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट मंगलबार आगलागी हुदाँ छिमेकी मनोज सहनीको फुसको घरमा समेत आगलागी भएर करीव ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बाजुरा -सामिकार्तिक गाँउपालिका–३ बस्ने खन्ते कामीको घरबाट सोमबार आगलागी हुदाँ आगो फैलिएर ६ जनाको ६ वटा घर जलेर क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन ।
सुनसरी -ईनरुवा नगरपालिका–७ झक्कनझोरा बस्ने हेमराज ढुङगानाको गोठमा करेन्ट सर्ट भएर सोमबार आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?