मेरो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागी हो : रजनी थापा (मेयर उम्मेदवार, टोखा)
सारांश
- काठमाडौं ।
- देश अहिले चुनावी माहोलले तातेको छ ।
- उम्मेद्वारदेखि कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् ।
काठमाडौं । देश अहिले चुनावी माहोलले तातेको छ । उम्मेद्वारदेखि कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । मुलुकभर ३५ हजार २ सय २१ जना जनप्रतिनिधि आवश्यक परेपनि करिब डेढ लाख बढि उम्मेद्वारले बिभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता गराएका तर्फ कतै युवा अनुहार देखिएका छन भने कतै कलाकारहरु देखिएका छन त कतै पुराना अनुहारहरु नै दोहोरिएका छन् ।
यस्तै काठमाडौंको उत्तरी भेग टोखा नगरपालिकाको मेयरका लागी ३० वर्षीय रजनी थापाले आफ्नो उम्मेद्वारी दर्ता गराएकी छिन् । यती कम उमेरमा नै मेयर पदका लागी उम्मेद्वार दर्ता गराएकी थापाले अहिले निकै चर्चा कमाएकी छिन् । टोखा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएकी रजनी थापा हाल टोखा नगरपालिकाकी उपमेयरकी प्रत्यासी समेत हुन् ।
यस अघि ५१ मतले पराजीत भएर लोकप्रीयता कमाएकी रजनी थापालाई चुनावको पनि राम्रो अनुभव रहेको छ । उनले आफ्नो उम्मेद्वारी विकास, परिवर्तन र दिगो पूर्वाधारका लागि रहेको शिखर न्यूज संवाददातासँगको अन्तर्वातामा बताएकी छिन् । विकास भनेको के हो ? र कस्तो हुनु पर्छ भन्ने प्रश्नमा उनले विकास दिगो हुनु पर्ने धारणा राखिन । उनी भन्छिन, “विकास चाहिँ दिगो हुनु पर्यो । आँखाले देखि राख्न सक्न पर्यो । अर्को भनेको हाम्रो सोचको विकास हुनु पर्यो, विकास निमार्णको काम भइरहँदा जनताहरुले सकारात्मक समाचारहरु सुन्न पाइराख्न पर्यो र विकासका कामहरुले जनताकोे जनजीवन सहज हुनु पर्यो ।”
यसका साथै उनी विकास भनेको बाटो बनाउँनु मात्र नभएको कुरा बताउँछिन्। भन्छिन्, “विकास भनेको बाटो मात्र बनाउनु होइन । पूर्वाधार विकासको क्रममा बाटो निमार्ण हुनु स्वभाविक कुरा हो । ”
उम्मेद्वार थापाको योजना, पूर्वाधार विकासको नाममा बाटो निमार्ण गर्ने मात्र रहेको छैन् । शिक्षामा परिवर्तन, स्वस्थ्यमा सुधार, निःशुल्क शिक्षाको विकास, महिला उद्यमशीलता र स शक्तिकरणका विषयलाई गम्भीरताका साथ उनले उठान गरेकी छिन् । महिला उद्यमशीलता र स शक्तिकरणका नाममा हालसम्म महिलाहरुले तालिम मात्र प्राप्त गरेको तर्फ इकिंत गर्दै विदेशीदै गरेको युवा रोक्ने, शिक्षामा सुधार ल्याउने , स्वास्थ्यमा परिवर्तन गर्ने, स्वदेशमै रोजगारीको अवसर दिने र टिम वर्क र नेतृत्वलाई एकै ठाउँबाट स्वचालित गर्नको उनले टोखा नगरपालिकाको मेयर पदमा उम्मेद्वारी दर्ता गराएको उनी बताउँछिन ।
नेपाली कांग्रेसतर्फबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी थापाले पार्टीको उम्मेद्वार, स्वतन्त्र उम्मेद्वार भनेर निर्वाचनमा जानु भन्दा पनि सपना बोकेर निर्वाचनमा जानु उचित रहने धारणा व्यक्त गरिन् । अनुभवसँगै बहुमुखी प्रतिभाकी धनी थापालाई टोखा नगरपालिकाका अन्य उम्मेद्वारहरुले पनि उनको सपनालाई समर्थन गर्ने उनको विश्वास रहेको छ ।
विगतदेखि टोखा नगरपालिकामा जनप्रतिनिधी रहेकी थापालाई नगरबासीले भारी मतले विजयी गराउने प्रति उनी विस्वस्त रहेकी छिन् । भन्छिन्, “विगतका दिनममा टोखा नगरबासीसँग दुःख सुखका साथ उभिएर काम गरे । मैले गरेको काम हेरेर नगरबासीहरुले मलाई फेरी फर्काउने छन् । मैले कगेको कामले नगरबासीको मन जितेको छु, मन र मत मेरै पक्षमा छन् ।”
थापा राजनीतिमा मात्र संलग्न रहेकी छैनन् । राजनीति शास्त्र, चाईल्ड डेभलेपमेन्ट एण्ड जेण्डर सोसलाईजेसन र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी उनले एलएलबी उतिर्ण गरी बिएन नर्सिङको समेत अनुभव लिएकी छन् ।
प्रतिक्रिया