आज तिहारको दोश्रो दिन कुकुरको पुजा गरिँदै….

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १३, २०७३
|
|
१५३ पटक हेरिएको
Shares
आज तिहारको दोश्रो दिन कुकुरको पुजा गरिँदै….

सारांश

  • हिजो तिहारको पहिलो दिन काग तिहार, आज कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन अर्थात् कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।
  • कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।
  • यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदै छ ।

हिजो तिहारको पहिलो दिन काग तिहार, आज कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन अर्थात् कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन आज कागको पूजा गरी मीठो मीठो खान दिएर काग तिहार मनाइँदै छ । वैदिक मान्यताअनुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ ।

आजको दिन कागलाई पूजा आजा गरी खान नदिइकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूतका रुपमा मानिन्छ ।

आजैका दिनदेखि यम दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

“तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाई र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने धार्मिक विधि छ”–उनले भने ।

बलि राजाको पूजाका सम्बन्धमा एउटा किम्बदन्ती पनि प्रचलित रहेको छ । जसअनुसार प्राचीन वैदिक कालमा असुरराज बलिले पृथ्वीमा शासन गर्थे, उनी दानी राजाका रुपमा कहलिएका थिए ।

भगवान् विष्णुले वामन अवतार धारण गरी बलि राजासँग ब्राह्मणको भेष धारण गरी तीन पाउको स्थान माग गर्दा एक पाउले अन्तरिक्ष, अर्को पाउले पृथ्वी ढाकेपछि तेस्रो पाउ राख्ने ठाउँ माग गर्दा बलि राजाले शिर थापेको र शिरमाथि वामन रुप धारी भगवान विष्णुले पाउ राख्दा पातालमा भासिएको कथा पुराणमा वर्णन गरिएको छ ।

भगवान् विष्णु बलि राजाको दानशीलतादेखि प्रभावित भई वर्षमा पाँच दिन कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पृथ्वीको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वास छ । यस समयमा बलि राजाको पूजा गरेमा भगवान् विष्णुले आफू प्रसन्न हुने वरदान दिएकाले यस पर्वमा बलि राजाको पूजा गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा गौतमले बताए । यही मान्यताका कारण आजकाल पनि देउसी भैलो खेल्दा ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनी भट्याउने गर्छन् । लक्ष्मी पूजाका दिनमा भैलो र गोवद्र्धन पूजाका दिनमा देउसी खेल्ने प्राचीन परम्परा भए पनि आजकाल काग तिहारकै दिनदेखि नै देउसी भैलो खेल्ने प्रचलन बढ्न थालेको छ । भैलो महिलाले र देउसी पुरुषले खेल्ने प्रचलनसमेत अहिले बदलिएको छ । अहिले महिला पुरुष दुवैले देउसी भैलो खेल्न थालेका छन् ।

लक्ष्मीपूजाका दिनदेखि घर घरमा दीपावली गरी झिलीमिली बनाउने परम्परा पनि अहिले तिहारको शुरुवातदेखि नै गर्न थालिएको छ । अझ कतिले त एक हप्ता अघिदेखि नै दीपावली गरी तिहारलाई अग्रिम आमन्त्रण गर्ने गरेका छन् । यसकारण तिहारलाई उज्यालोको पर्वका रुपमा समेत चिनिन्छ ।

पछिल्लो समयमा तिहारको विकृतिका रुपमा पटाका पड्काउने प्रचलनसमेत बढ्न थालेको छ । जसका कारण पटाकाबाट दुर्घटनासमेत बढ्न थालेको छ ।

प्राकृतिक रुपमा पनि सयपत्री, मखमली र गोदावरी जस्ता फूल फुल्ने समयमा तिहार पर्व पर्ने भएकाले वातावरण हेर्दै तिहार आएजस्तो अनुभव हुन्छ । तिहारको अन्तिम दिन कात्तिक १६ गते मङ्गलबार कार्तिक शुक्ल द्वितीयाका दिन दिदीबहिनीले दाजुभाईलाई दीर्घायु र सुख शान्तिको कामना गर्दै टीका लगाइन्छ । जसलाई भाईटीका भनिन्छ ।

यस वर्ष कात्तिक १६ गते मध्याह्न ११ बजेर ५२ मिनेटमा भाईटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ ।

 

 

समिप् गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
यस्ता हुनेछन् ७५३ स्थानीय सरकार
यस्ता हुनेछन् ७५३ स्थानीय सरकार
विश्वकप २०२२ लाई छनोट भएका देशहरु
विश्वकप २०२२ लाई छनोट भएका देशहरु
सीपीएलः सन्दिपले लिए तीन विकेट, वर्षाले खेल रोकियो
सीपीएलः सन्दिपले लिए तीन विकेट, वर्षाले खेल रोकियो
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
पौडेलले भने अन्तरघातको जिम्मा सबै देउवाले लिनुपर्छ।
यस्तो आयो माधव नेपालको नयाँ सुत्र  : काम गर्ला त ?
यस्तो आयो माधव नेपालको नयाँ सुत्र : काम गर्ला त ?
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने
हमासको आक्रमणबाट मृत्यु भएका नेपालीको शव ल्याउन ढिलाइ हुने

तपाईंले छुटाउनुभयो कि?