समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भयोः प्रचण्ड

सारांश

  • काठमाडाै, २४ वैशाख ।
  • पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भएको बताएका छन्।
  • सोमबार सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकमा माओवादीका संसदीय दलका नेता समेत रहेका प्रचण्डले अव बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पु¥याउने बताएका हुन।

काठमाडाै, २४ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादीबीच समान धारणा बनाउनुपर्ने भएकाले एकतामा ढिलाइ भएको बताएका छन्।

सोमबार सिंहदरवारमा बसेको माओवादी संसदीय दलको बैठकमा माओवादीका संसदीय दलका नेता समेत रहेका प्रचण्डले अव बस्ने पार्टी एकता संयोजन समिति बैठकले एमालेसँगको पार्टी एकतालाई टुंगोमा पु¥याउने बताएका हुन।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई टुंगोमा पु¥याउने विषयमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पनि स्पष्ट पारे।

‘दुई दलका बीचमा समान धारणा बनाउनु पर्ने भएकाले एकतामा ढिलाइ भयो’, उनले भने, ‘केही दिनभित्रै बस्ने एकता संयोजन समितिको बैठकले यसलाई टुंगोमा पु¥याउँछ।’ उनले अबको केही दिनभित्रै दुई पार्टीका बीचमा एकता भएर नयाँ पार्टी बन्ने दावी गरे।

केही दिनभित्रै बस्ने संयोजन समिति बैठकले पार्टी एकतालाई टुंगोमा पु¥याउने धारणा अध्यक्ष दाहालले बैठकमा राखेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।

बैठकमा बजेटलाई कसरी जनमुखि र प्रभावकारी बनाउने भन्ने विषयमा पनि छलफल गरिएको थियो। संघ, प्रदेश र स्थानीय तहको बजेट बाँडफाँडका विषयमा पनि सांसद र पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुबीच एकरुपता ल्याउने विषयमा पनि बैठकमा छलफल गरिएको प्रमुख सचेतक गुरुङले बताए।

बैठकमा सांसदहरुले पार्टीको घोषणापत्र अनुसार बजेट निर्माण गर्न ध्यान दिन पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको गम्भीर ध्यानकर्षण गराएका थिए। बजेट निर्माणका लागि आवश्यक रचनात्मक सुझाव दिन पनि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलले जनाएको छ।

भोलि विहान बस्ने संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरुलाई आवश्यक निर्देशन दिने कार्यसूची तय गरिएको पनि पार्टीका प्रमुख सचेतक गुरुङले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?