विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
विदा माग्न पुगेका आदिवासी जनजाति नेताहरुलाई के भने अध्यक्ष प्रचण्डले ?

सारांश

  • काठमाडौं, २० बैशाख ।
  • पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् ।
  • अध्यक्ष निवास खुमलटारमा बिहीवार बिहान भेट गर्दै उनीहरुले साँस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

काठमाडौं, २० बैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग आदिवासी जनजाति महासंघका प्रतिनिधिले सरकारले हटाएका पर्वका बिदा पुनरावलोकनको पहल गरिदिन माग गरेका छन् । अध्यक्ष निवास खुमलटारमा बिहीवार बिहान भेट गर्दै उनीहरुले साँस्कृतिक पर्वहरुमा पाउँदै आएको बिदा कटौति भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

अध्यक्ष प्रचण्डले समुदायसँग छलफल नगरी कटौति भएका बिदा पुनरावलोकनको पहल गर्ने बताए । उनले त्यसैपनि धेरै बिदा भएको भन्ने चर्चा भइरहँदा सरकारले बिदा घटाउने प्रयास गरेको हुनसक्ने बताउँदै सम्बन्धित समुदायसँग छलफल नगर्दा समस्या भएको बताए ।

“अहिले दिइरहेको बिदा कटौती गर्ने भन्ने छलफल भएको बिषय होइन । बिदाको पक्षमा तपाईहरुलाई मेरो सहयोग हुन्छ”, उनले भने । अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर बिदाका बारेमा टुंगो लगाउने बताए । उनले आदिवासी जनजातिका मुद्दा माओवादी आन्दोलनसँग पनि जोडिएको बिषय भएको भन्दै यसमा आफ्नो सकारात्मक सहयोग हुने विश्वास दिलाए ।

उनीहरुले पर्व बिदा आदिवासी जनजातिको आन्दोलनको उपलब्धि भएको भन्दै सरकारले कुनै सरसल्लाहबिना नै बिदा कटौति गरेको बताए । त्यसैगरी आदिवासी जनजाति उत्थान प्रतिष्ठानलाई निस्क्रिय बनाएको, गुम्वा विकासमा बजेट नदिएको, दुर्गम क्षेत्र विकास समितिलाई खारेजीको प्रक्रियामा लगेको, प्रदेशको नामाङ्कनमा पहिचान छुटाएको लगायतका गुनासा पनि आदिवासी जनजातिहरुको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anil Neupane

    Neta jiu kaam ani bolda 10 patak sochera nirnaya line bani basalnus

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Rajeev Khandelwal’s prank goes wrong with Ragini Khanna and she walks out of the sets in anger!
Rajeev Khandelwal’s prank goes wrong with Ragini Khanna and she walks out of the sets in anger!
ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन
ट्वीटरमा ट्रम्प र हिलारीबीच भनाभन
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै
‘राजनीतिक जीवनको उत्तरार्ध’मा दल खोज्दै दुई नेता
‘राजनीतिक जीवनको उत्तरार्ध’मा दल खोज्दै दुई नेता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
भारतको उत्तराखण्डको पहिरोमा १७ नेपाली बेपत्ता, खोजीका लागि परराष्ट्रलाई गृह मन्त्रालयको पत्र
रेनु दाहाल भरतपुरको मेयर निर्वाचित
रेनु दाहाल भरतपुरको मेयर निर्वाचित
नेपाली जनताका नायक स्वर्गीय  मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
नेपाली जनताका नायक स्वर्गीय मदन भण्डारी को आज ६६ औ जन्मज्यन्ती-सन्जीव कुमार झा
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
जितपुर सिमरामा उपमहानगरमा माओवादीका पौडेल विजयी
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….
सडकको अवस्था सुधार गर्न प्रधानमन्त्री ज्यु कडा निर्देशन….