यस्तो आयो माधव नेपालको नयाँ सुत्र : काम गर्ला त ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
यस्तो आयो माधव नेपालको नयाँ सुत्र  : काम गर्ला त ?

सारांश

  • काठमाडौं, १७ पुस ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रवीच पार्टी एकताको लागि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सूत्र अघि सारेका छन् ।
  • स्रोतका अनुसार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिनुपर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

काठमाडौं, १७ पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्र्रवीच पार्टी एकताको लागि एमाले बरिष्ठ नेता माधव कुमार नेपालले नयाँ सूत्र अघि सारेका छन् । स्रोतका अनुसार नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष दिनुपर्ने र केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

पदीय व्यवस्थापन कसरी गर्ने भन्नेबारे कुनै सहमति नभएकोले एकता संयोजन समितिको बैठक समेत बस्न सकेको थिएन् । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले–माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आ(आफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष दाहाललाई अध्यक्ष स्विकार्न एमाले नेताहरुले खासगरी ओली पक्षीय नेताहरुले आनाकानी गरेकोले एकतामा समस्या उत्पन्न भएको हो । त्यस्तै पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने ‘भद्र सहमति’ सहित पार्टी एकताको घोषणा गरिएको छ तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Lalman Bahadur

    Good

    Comment Author

    Manoj Lamichhane

    गरे गर्छ नगरे काम कुरो पर सर्छ?

    Comment Author

    Udaya Banjara

    प्रचण्ड का अगाडि यिन ले जति सुत्र लगाएनी केहिफरक पर्दैन राजनिती मा सबै नेता लाई बढार्ने खुबी छ उनी मा अरु नेता स्वर मा स्वर मिलाएर अगाढी बड्ने मात्रै हुन ।

    Comment Author

    Jirel Tika

    अब प्रधानमन्त्री के पि ओलिलाई दिनु हुदैन किन कि पार्टीलाई एकताको नाममा अहिले सम्म अनिर्णयको बन्दी बनाउने केपिको हुतिमाथी प्रस्न चिन्हा हो कि होइन ? खाली प्रधानमन्त्री प्रधानमन्त्री ?!! जलनाथ र माधब नेपाल मध्ये कुनै एक रास्ट्रपति, एक प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष र सभामुख कुनै माओबादिबाट बनाए कसो होला ?

    Comment Author

    Himal Pahari

    Arun nadiko bijuli nikalne Madhap nai ho aba ke nikalne ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?