घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
घरको मुल ढोका बन्द रहेको अवस्थामा कसरि भयाे झाको हत्या ?

सारांश

  • काठमाडौं,  ४ भदाै ।
  • फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको हत्या रहस्यमय बनेको छ।
  • ८० वर्षका झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको भुइँतलामा रहेको कोठामा सुतेकै ठाउँमा घाँटी रेटिएको अवस्थामा भेटिएका थिए।

काठमाडौं,  ४ भदाै । फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झाको हत्या रहस्यमय बनेको छ। ८० वर्षका झा सोमबार बिहान बबरमहलस्थित आफ्नै घरको भुइँतलामा रहेको कोठामा सुतेकै ठाउँमा घाँटी रेटिएको अवस्थामा भेटिएका थिए।

आयरल्यान्डमा बस्दै आएका छोरा बुहारी विदेश फर्किएको एक दिनपछि झाको हत्या भएको हो। झा श्रीमतीसहित उक्त घरमा बस्दै आएका थिए। सेक्युरिटी गार्ड र भान्सा दुवैमा काम गर्ने एक कामदार पनि उनीहरुको साथमा थिए। उनी कहिले त्यहीँ बस्थे भने कहिले आफ्नै घरमा जान्थे। प्रहरीका अनुसार ती कामदार आइतबार भने आफ्नै घर फर्किएका थिए। ती कामदारले  घरको बाहिरि ढोका साँझ आफैले बन्द गर्थे भने बिहान आफैले खोल्थे।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार आइतबार ७ बजेको समाचार हेरेर झा भुइतलामा सुत्न झरेका थिए। श्रीमती भने पहिलो तलामा सुत्ने गर्थिन। बिहान चिया खान उठाउन खोज्दा झा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। झा सुतेको कोठाको झ्यालकाे जाली काटेको पाईएको छ भने उनी सुतेको कोठामा एउटा चक्कु पनि बरामद भएको छ।

घरको मुल ढोका भने बन्द रहेको अवस्थामा झाको हत्या भएकाले अनुसन्धान गहनरुपमा भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। झाका एक छोरी पनि छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?