मुख्यमन्त्री शाहीले दिए प्रधानमन्त्रीलाई निम्तो, रारा आउछु : प्रधानमन्त्री
सारांश
- काठमाडौं, २३ चैत ।
- कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५ को उदघाटनका लागि रारामा आउन औपचारिक निम्ता दिएका छन् ।
- मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।
काठमाडौं, २३ चैत । कर्णाली प्रदेशका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णाली रारा पर्यटन पर्यटन वर्ष २०७५ को उदघाटनका लागि रारामा आउन औपचारिक निम्ता दिएका छन् । मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीसँगै प्रधानमन्त्री निवास बालुवाटार पुगेर निम्तोपत्र दिएका हुन् ।
निम्तोपत्र ग्रहणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको उदघाटनका लागि आफू रारामा आउने प्रतिवद्धता व्यक्त गरेका छन् । भेटघाटका क्रममा पर्यटन वर्षको उदघाटनसँगै कर्णाली प्रदेशमा हुने प्रधानमन्त्रीका अन्य कार्यक्रमहरु पनि निश्चित गरिएको छ ।
प्रधानमन्त्री ओलीले वैशाख १ गते नै राराबाट राष्ट्रका नाममा सम्बोधन गर्ने, पर्यटन वर्षको उदघाटन गर्ने, कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरु शेफोक्सुण्डो, छायानाथ, हिल्सा, पातालझरणाको अवलोकन गर्ने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वैठकको अध्यक्षता गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी पर्यटन वर्ष उदघाटन कार्यक्रममा सरिक हुनका लागि मुख्यमन्त्री शाहीले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुश्पकमल दाहाल (प्रचण्ड)लाई निम्तो दिएका छन् । मुख्यमन्त्री शाहीले शुक्रवार बिहान निजी निवास खुमलटार पुगेर पूर्वप्रधानमन्त्री प्रचण्डलाई निम्तोपत्र दिएका हुन् ।
प्रदेश सरकारले कर्णालीमा पर्यटन प्रवद्र्धनका लागि कर्णाली रारा पर्यटन वर्षको आयोजना गर्ने निर्णय गरेको थियो । प्राकृतिक सुन्दरताले भरिपूर्ण कर्णाली प्रदेश पर्यटनका हिसावले राम्रो सम्भावना बोकेको प्रदेश हो । 
प्रतिक्रिया