मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…

सारांश

  • काठमाडौं, ४ भदौ ।
  • संखुवासभामा एक शिकारीले मृग हानेको गोली लागेर आफ्नै दाइको मृत्यु भएको छ ।
  • आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई हानेको गोली लागेर मादी नगरपालिका– ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो ।

काठमाडौं, ४ भदौ । संखुवासभामा एक शिकारीले मृग हानेको गोली लागेर आफ्नै दाइको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई हानेको गोली लागेर मादी नगरपालिका– ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो ।

समाचारअनुसार मृतक हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् । मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए । रत्नबहादुरले मृगलाई हानेको गोली हस्तबहादुरको निधारमुनि लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनापछि रत्नबहादुर र कृष्णबहादुर २ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, किटको १० टुक्रा, २ थान खुकुरी र १ थान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?