मृग हानेको गोली आफ्नै दाइको निधारमा लागेपछि…
सारांश
- काठमाडौं, ४ भदौ ।
- संखुवासभामा एक शिकारीले मृग हानेको गोली लागेर आफ्नै दाइको मृत्यु भएको छ ।
- आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई हानेको गोली लागेर मादी नगरपालिका– ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो ।
काठमाडौं, ४ भदौ । संखुवासभामा एक शिकारीले मृग हानेको गोली लागेर आफ्नै दाइको मृत्यु भएको छ । आइतबार राति शिकार खेल्न गएका २१ वर्षीय रत्नबहादुर तामाङले मृगलाई हानेको गोली लागेर मादी नगरपालिका– ८ मावादिनका २५ वर्षीय हस्तबहादुर तामाङको मृत्यु भएको हो ।
समाचारअनुसार मृतक हस्तबहादुर रत्नबहादुरका आफ्नै दाइ हुन् । मृतक हस्तबहादुर, उनका भाइ रत्नबहादुर र सोही ठाउँका २२ वर्षीय कृष्णबहादुर तामाङ फाबिङको सिरान रक्टे जंगलमा आइतबार राति शिकार खेल्न गएका थिए । रत्नबहादुरले मृगलाई हानेको गोली हस्तबहादुरको निधारमुनि लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनापछि रत्नबहादुर र कृष्णबहादुर २ थान भरुवा बन्दुक, ५० ग्राम बारुद, किटको १० टुक्रा, २ थान खुकुरी र १ थान टर्चलाइटसहित प्रहरी चौकी मादीरामबेनीमा सम्पर्कमा आएको प्रहरीले जनाएको छ । घटनास्थलबाट १ थान भरुवा बन्दुक बरामद गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
प्रतिक्रिया