सीमा नाकाबाट पटका भित्र्याउने क्रम शुरु
सारांश
- वीरगञ्ज, २७ असोज हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ ।
- नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् ।
- तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ ।
वीरगञ्ज, २७ असोज हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ ।
नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् ।
तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।
क्यारियरवालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पु¥याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पु¥याएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगञ्जको मीनाबजारमा भेटिएका एक यस्ता व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् ।
ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।
प्रतिक्रिया